कोरोना भाइरस: भारतमा तिब्र बढ्दै संक्रमण, मृत्युमा बन्यो नयाँ रेकर्ड !

छिमेकि मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ। बितेको २४ घण्टामा १५ सय ४१ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या २० हजार ८० पुगेको हो।

भारतमा बितेको २४ घण्टामा मृतकको संख्यामा पनि ह्वातै वृद्धि भएको छ। बितेको २४ घण्टामा त्यहाँ ५३ जनाको ज्यान गएको छ। जससँगै त्यहाँ मृतकको संख्या ६ सय ४५ पुगेको छ।

यसरी कोरोना भाइरसका कारण भारतमा एकै दिन ५० जना भन्दा बढी व्यक्तिको ज्यान गएको यो पहिलो पटक हो। यस भन्दा अगाडी अप्रिल ९मा सबै भन्दा बढी ४९ जनाको ज्यान गएको थियो।

यस्तै भारतमा अहिले सम्म ३ हजार ९ सय ७५ कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्। भारतमा अहिले १५ हजार ४ सय ६०को उपचार चलिरहेको छ।

-एजेन्सी

प्रकाशित : बुधबार, बैशाख १०, २०७७०२:४२

खोटाङ र उदयपुरको सीमा नाका बन्द