कोरोनाका कारण बेलायतमा १८ नेपालीको मृत्यु !

लण्डन – बेलायतमा कोरोनाका कारण थप एक जनाको मृ-त्यु भएको छ ।

पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए। आइतबार मृ-त्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृ-त्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

ढिस्कोले पुरिएर तीन बालक घाइते
जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । घाइते हुने सोही वडाका ईश्वरी खड्का र उनका १४ वर्षीय छोरा रवीन्द्र खड्का र ११ वर्षीय लोकेन्द्र खड्का रहेका छन् भने सोही गाउँका कर्ण खड्काका नौ वर्षीय छोरा देवेन्द्र खड्कासमेत घाइते भएका छन् ।

घाइते तीन बालकलाई अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेकामा लोकेन्द्रको अवस्था गम्भीर रहेको वडा अध्यक्ष वीरबहादुर रावलले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो घर नजिकै रातोमाटो खन्ने क्रममा ढिस्को खसेको थियो ।

गम्भीर घाइते बालकलाई जिल्ला अस्पतालमा उपचार हुन नसकी बयालपाटा अस्पतालमा सिफारिस गरिएको छ । माटोमा पुरिएको भन्ने खबरपछि स्थानीयवासीले माटोबाट निकालेर जिल्ला अस्पताल बाजुरामा ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७०३:१७

दूध बिक्री ह्वातै घट्यो, निःशुल्क वितरण थालियो !