काठमाडौँका अलपत्र परेका यात्रु बोकेर गएको बसको ब्रेक फेल भएर पल्टियो, दर्जन भन्दा बढी यात्रु घाइते !

तस्विर: बिमल श्रेष्ठ

काठमाडौँ – काठमाडौँबाट गएको एक यात्रुबाहक बस रामेछापको मन्थलीमा दुर्घटना भएको छ। बुधबार काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापको मन्थलीमा दुर्घटना भएको हो।

दुर्घटनामा परी १५ जना घाइते भएका छन् । लकडाउनका कारण काठमाडौँमा अड्किएका मानिसहरु बोकेर दोलखाबाट जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे आसपासको समयमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमध्ये एक जनालाई काठमाडौंको ट्रमा सेन्टर पठाइएको र अन्यको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ।

बस ३९ जना सवार रहेको प्रहरीले जनाएको छ। ब्रेक फेल भएर बस दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

नियन्त्रणमा लिइएका चालकमा तामाकोसी गापा–३ जफेका मानबहादुर खत्री रहेका छन्।

जुम्लाबाट राजापुर हिँडेका मजदूरको उद्धार

जुम्लाबाट पैदल यात्रा गरी बर्दियाको राजापुर पुग्ने लक्ष्य लिएर पैदल हिँडेका राजापुर नगरपालिकाका ३९ थारु समुदायका कामदारलाई यहाँ उद्धार गरिएको छ । लायन्स क्लबमा आबद्ध व्यक्तिले बटुवाका लागि सञ्चालन गरेको मेसमा खाना खुवाएर सवारी साधनमार्फत राजापुरका लागि पठाइएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए।

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले यातायातबापतको रकम चालकलाई बर्दिया पुगेर भुक्तानी दिने गरी दैलेखबाट उहाँहरूको उद्धार गरिएको हो । साथीहरू हिँड्न नसक्ने अवस्थामा नभएको र धेरैको खुट्टा फुटेको कुरा पत्रकारले थाहा पाएर सबैलाई जानकारी गराइदिएका कारण आफूहरूको उद्धारमा सहयोग भएको पैदल यात्री शिवप्रसाद थारुले जानकारी दिए।

लायन्स क्लब दैलेखका सदस्यले व्यक्तिगत रुपमा रु एक हजार पाँच सय संकलन गरेर बटुवालाई खाना खुवाउने अभियान शुरु गरेको र अहिलेसम्म दुई सयभन्दा बढीलाई खाना खुवाएर गन्तव्यमा पठाइएको दैलेख लायन्सका अध्यक्ष नरेन्द्र केसीले जानकारी दिए।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७०३:४२

प्रदेश ५ मा पहिलो पटक देखियो कोरोना, एक वृद्धमा आरडीटी पोजिटिभ !