काठमाडौँ – र्यापिड डाइग्नस्टिक टेस्ट (आरडीटी)का क्रममा प्रदेश नम्बर ५का एक वृद्धमा कोरोना पोजेटिभ देखिएको छ। प्रदेश नम्बर ५ मा पहिलोपटक एक वृद्धमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो।
प्रदेश नम्बर ५मा र्यापिड डाइग्नस्टिक टेस्ट (आरडीटी)का क्रममा कोहि पनि व्यक्तिमा एन्टीबडी पोजेटिभ देखिएको यो पहिलो पटक हो। र्यापिड टेस्ट पोजेटिभ देखिएका व्यक्ति पश्चिम नवलपरासीको बर्दघाटका ७८ वर्षीय वृद्ध रहेका छन्।
र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका बर्दघाट नगरपालिका-४ का ती ७८ वर्षीय विरद्धलाई परासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा भर्ना गरिएको छ।
उनको थ्रोट स्वाब संकलन पिसिआर परिक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जनाएका छन्। उनका अनुसार उनको स्वाब भैरहवा पठाइएको छ।
पिसिआर परिक्षणको रिपोर्ट आज दिउँसो सम्म आउने अनुमान गरिएको छ। छातीमा असहज महसुस भएपछि उनी चिसापानी अस्पताल पुगेको र कोरोनाको आशंकामा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको देखिएको छ।
यता उनका परिवारका अन्य सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको छ। पश्चिम नवलपरासीमा १ सय ३१ जनाको र्यापिड रिपोर्ट आइसकेको र सबै नेगेटिभ रहेको बताइएको छ।