डायनासोरलाई समेत सजिलै चपाउन सक्ने यो जनावर के हो ? हेर्नुहोस् !

एजेन्सी – करोडौं वर्ष पहिला पृथ्वीमा डाइनोसर, ममथ जस्ता विशाल प्राणीहरू थिए भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो। यी विशाल जनावरहरूको अवशेषहरू अझै पनि ठाउँ-ठाउँमा भेटिन्छन्, जहाँबाट तिनीहरूको विशालता प्रष्ट हुन आउँछ। तर के तपाईंलाई थाहा छ ? – ममथ र डायनासोरको युगमा ती भन्दा पनि विशाल गोहीहरू थिए। यी विशाल गोहीहरू त्यससमयमा डायनासोर जस्ता विशाल जनावरहरुलाई समेत खान सक्थे।

उक्त विशाल गोहीको प्रजातिलाई सारकोसुकस नाम दिइएको छ। अहिले पाइने गोहीको तुलनामा धेरै गुणा विशाल हुने गर्थे। सारकोसुकसहरु करीव साढे ९ फिट सम्म लामा हुन्थे भने उनीहरुको वजन ३६०० किलो सम्म हुने गर्थ्यो।

बताइन्छ की, उनीहरुको आँखा दूरबीन जतिकै हुने गर्थ्यो, जसकारण उनीहरु रातको समयमा पनि शिकार गर्न सक्थे। माथि ३५ र तल ३१ बलिया दाँतको उपस्थितिले सारकोसुकसहरु ठूला भन्दा जनावरको समेत शिकार गर्न सक्षम थिए।

अन्वेषकहरूका अनुसार सारकोसुका सानो उमेरमा माछा खान्थे, तर हुर्किएपछि उनीहरू खतरनाक र विशाल डाइनोसरको समेत शिकार गर्न सक्थे। अन्वेषकहरू भन्छन कि, एक पटक पूर्ण विकसित भएपछि सारकोसुकस गोहीहरू ठूलो थेरापोड डायनासोरको घाँटी समेत सहजै भाँच्न सक्थे।

सन् १९५०को दशकमा सारकोसुकस बारे पहिलो पटक थाहा हुन आएको थियो। त्यससमयमा अल्बर्ट फिलिक्स नामका एक फ्रान्सेली शोधकर्ताले सहारा मरुभूमिमा यसको टाउको र दाँतको केही नमुना फेला पारेका थिए। थप अनुसन्धानका क्रममा सारकोसुकस उत्तर अफ्रिकाको जंगलमा बस्ने गरेको खुल्न आएको थियो। अहिले उक्त जंगल अहिले मरुभूमिमा परिणत भइसकेको छ।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७०६:११

लकडाउन: घर बस्दा-बस्दा दिक्क लाग्यो, समय बिताउन बगैंचा खन्दा हात लाग्यो ‘खजाना’ !