“जुका टाँसिए जसरी सत्तामा टिक्न ओलीको षड्यन्त्र, नेकपालाई मतदान गरेकोमा पछुताउन थाले जनता”

गंगालाल तमाङ्ग

०७७ बैसाख ८ गते सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेको छ । नयाँ अध्यादेश अनुसार अब पार्टी विभाजन गर्न केन्द्रिय समीति वा संसदीय दल मध्ये कुनै एकमा ४० प्रतिशत सदस्यको समर्थन प्राप्त गर्ने समुहले दल विभाजन गरी वैधानिक रुपमा राष्ट्रिय दल हुने र पार्टी छोडेको नमानिने व्यबस्था गरेको छ । साथै संवैधानिक परिषद् (काम, कर्तव्य,अधिकार र कार्यविधि) अध्यादेश जारी गरी संवैधानिक परिषद्मा अध्यक्ष सहित ३ जना सदस्य को उपस्थीतिमा निर्णय गर्ने र विपक्षी दलको नेता सहभागी नहुदा पनि नियुक्तिको निर्णय हुने व्यवस्था गरेको छ ।

देशमा अहिले बिश्वव्यपी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी बन्दाबन्दी चली रहेको छ । देशको आर्थिक क्रियाकलाप ठप्प छन् । खाध्यसंकट आउने चिन्ता व्यक्त गर्न थालिएको छ । गरीव जनता खाध्यन्नको अभावले छट्पटाउन थालेका छन् । रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र चलाएमान बनाउन महत्वपूर्ण भूमिका खेलेका युवाहरुको रोजगारी खोसिने अवस्था उत्पन्न हुने संकेत देखिएको छ । नागरिकहरु घर भित्र बस्न बाध्य छन् । आर्थिक मन्दीका लक्षण देखिन थालेका छन् । सरकारको व्यवस्थापकिय क्षमता माथि प्रश्न चिन्ह उठेको छ । नागरिकहरुले नेकपालाई मतदान गरेर पछुताउनु परेको बताउन थालेका छन् ।

विश्व नै कोरोना भाईरसले त्राहिमाम भई रहेको बेला प्रधानमन्त्री ज्यू तपाईले त राजनितिको फोहोरी खेलमार्फत जुका टासिए जसरी सत्तामा टिकिरहन दल विभाजन लाई सजिलो हुने गरी अध्यादेश जारी गरेर गिनिज बुकमा नाम लेखाउन कम्मर कसेर लाग्नु भएको छ । तपाईलाई न नागरिकको चिन्ता , न देशको , न महामारीको , न आर्थिक मन्दी , न भोकमरी । चिन्ता छ त केबल सत्तामा टिकिरहने , व्यापारीक घरनाको , आफु वरीपरी रहेका भष्ट्रहरुको ।

प्रधानमन्त्रीज्यू, यो गणतन्त्र ,परिवर्तन ,संघियता , संविधान त्यतिकै आएको होईन । बयलगाडा चढेर अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउनु एउटै हो भनेर सगौरभ तपाईले घोषण गरी रहदा लाखौ जनताले जनयु-द्धमा खु-न पसीना बगाएर , आन्दोलनमा गो-ली लठ्ठी खाएर समृद्धिको लागी ल्याएको गणतन्त्र हो । याद राख्नुहोस् । तपाईको उखान टुक्काले गणतन्त्र स्थापना गर्न कुनै भूमिका खेलेको छैन । तपाईलाई कत्ति याद छ , ‘म नि राज्य हु’ भन्ने फ्रान्सका राजा लुई चौधौ लाई जनताले का-टेर उनको टाउकोको फुटबल खेलेका थिए ।

आफ्नो सहकर्माीको राजनिति सिध्याउने , आफ्नो स्वार्थ अनुसार नचल्ने सहकर्मीको नामो निसान मेटाउने खेलमा तपाई जसरी राजनितिक नैतिकता , मर्यादा को सिमा नाग्दै हुनुहुन्छ नि , त्यसले तपाई लगायत नेपाली कम्युनिष्ट आन्देलन कै विनास गर्दैछ । प्रतिस्पर्धिलाई सिध्याउन जस्तो सुकै हतकाण्डा अपनाउदा कसरी आफ्नो विनास हुन्छ भनेर महाभारतको प्रसङग त तपाईले पढनु भएकै होला । तपाईलाई फेरी म एक पल्ट स्मरण गराईदिन्छु ।

देवता र दानव विच युद्ध चलेको थियो । देवताले मारेका दानवलाई उनीहरुका गुरु शुक्रचार्यले मृत सञ्जीवनी विध्या ले पुनः जिवित तुल्याईदिन्थे । मरेका देवता भने जिवित हुन सक्दैन थिए । किनकि देवताका गुरु वृहस्पति मृत सञ्जीवनी बिध्या बाट अनविज्ञ थिए । दानवको जित निश्चीत थियो । वृहस्पतिका छोरा कच मृत सञ्जीवनी विध्या सिक्ने उद्धेश्यले शुक्रचार्यका चेला बने । यो कुरा थाहा पाएर आफ्नो सर्वनाश हुने ठानेर दानव हरुको सात्तो गयो । उनी हरुले कचको ह-त्या गरे । शुक्रचार्यले कचलाई पुन जिवित तुल्याए । यो शृङ्खला पटकपटक चल्यो । दानवले कचको ह-त्या गरेर कचको अस्तु लाई मदिरामा मिसाएर शुक्रचार्यलाई नै पिलाइदिए । शुक्रचार्यले मृत सञ्जीवनी बिध्याको वलले पुर्नजिवित गराउन खोज्दा कच आफ्नै पेटमा पुगेको चाल पाए । कचलाई बचाउन शुक्रचार्य म-र्नु पर्ने अवस्था आयो । शुक्रचार्यले कचलाई मृत सञ्जीवनी विध्या सिकाई आफु म-रेर कचलाई बचाए ।

दानवले जसरी नै विपक्षी लाई सिध्याउछु भनेर मर्यादा नाध्दा दानव कै बंशको विनाश भयो । प्रधानमन्त्री ज्यू आफ्ना विरोधी लाई सिध्याउछु भनेर जसरी षड्यन्त्र गरी रहनु भएको छ । तपाईको अवस्था के होला ? आफै विचार गर्नु होस् । राजनिति भनेको देशको उन्नति र जनताको भलाईको लागी गरिने सेवा कार्य हो । सत्ता प्राप्त गरेर सात पुस्तालाई पुग्ने गरी भष्ट्रचार गर्ने पेशा होईन । राजनिति गर्ने ले सहि लाई सहि र गलतलाई गलत भनेर छुट्याएर सत्यको पक्ष लिदैन भने उसले राजनितिको नाममा कमाउने धान्दा गरी रहेको हुन्छ । नेकपाको नेताको अहिले को अवस्था त्यस्तै देखिएको छ । राजनिती नियुक्ति , मन्त्री पद जाने र पार्टीमा स्थान नपाईने डरले नेता हरु चुपचाप आचिलाई पनि अपुङगो मानेर खाईरहेका छन् । र कत्ति मिठो भन्दै रमाई रहेका छन् ।

(गंगालाल तमाङ्ग नेपाल कम्युनिष्ट पार्टी -नकपाका युवा नेता हुन्)

प्रकाशित : बुधबार, बैशाख १०, २०७७०७:५८

मेरो शरीरमा कोरोना भाइरसको परीक्षण गरियोस्, कोरोनासित कोही कत्ति नडराऔं…