सिंगापुरमा आंशिक लकडाउनको अवधि जुन १ तारिखसम्म थप

सिंगापुर, – सिंगापुरमा जारी आंशिक लकडाउनको अवधिलाई थप चार हप्ता बढाएर आगामी जुन १ तारिखसम्म पु–याइएको छ । सिंगापुरमा कोरोनाभाइरसका संक्रमित व्यक्तिको संख्या नौ हजार नाघिसकेको छ ।

प्रधानमन्त्री ली हेसियन लूङले मंगलबार टेलिभिजनबाट संबोधन गर्दै हालका कडा प्रावधानहरुलाई आगामी मे ४ सम्म यथावत राखिने बताए। उनले मे ४ पछि पनि हालका कडा नियमहरुलाई पूर्ण रुपमा हटाउन असमर्थ छौं भन्दै परिस्थितिलाई राम्रोसँग मूल्याँकन गरेर नै अरु चार हप्ता आंशिक लकडाउन कायम गरिएको स्पष्ट पारे।

उनले समुदाय स्तरमा संक्रमितको संख्या घटेको अवस्थामा लकडाउनका कतिपय कठोर प्राबधानलाई परिमार्जन वा संशोधन गरिने बताए।

प्रधानमन्त्री लूङले सरकारले आंशिक लकडाउनको अवधि लम्ब्याएकामा धेरै व्यक्ति अप्रसन्न भए पनि यो बाध्यकारी हो भने। “खासगरी हाम्रा व्यवसाय र कामदारहरुलाई यस लकडाउनले सबैभन्दा बढी असर पारेको छ । तर यो छोटो अवधिको दुःखले भाइरसको महामारीलाई परास्त गर्न मद्दत पुग्नेछ, स्वास्थ्यमा सुधार ल्याउन तथा आफ्ना मानिसलाई महामारीबाट जोगाउन सकिनेछ ।”

सिंगापुरमा जारी आंशिक लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका अधिकांश व्यवसाय र स्कुलहरु बन्द गरिएका छन् । मंगलबारसम्म सिंगापुरमा ९ हजार १२५ जना कोरोना संक्रमित भएका छन् ।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७०८:२९

ओली सरकारलाई ‘तह’ लगाउन योजना बन्दै, रविन्द्र मिश्रले देउवालाई फोन लगाए !