आज ३ जनामा कोरोनाको पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो !

काठमाडौँ – बुधबार नेपालमा ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा ३ संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका तीनै जना पुरुष रहेका छन्। उनीहरुको उमेर २४, ६० र ७२ वर्ष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। मन्त्रालयले संक्रमितहरुको अन्य विवरण भने खुलाएको छैन।

बुधबार ३ संक्रमित थपिए पछि नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ । पत्रकार सम्मेलनको क्रममा मन्त्रालयले ७ जना निको भएर घर फर्किएको पनि जानकारी दिएको छ।

प्रदेश नं ५ः तराईमा रु आठ लाख र पहाडमा रु पाँच लाख दिइने

प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका जिल्लामा कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक बजेट दिने निर्णय गरेको छ । प्रदेश सरकार, मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट तराईका जिल्लामा रु आठ लाख र पहाडी जिल्लामा रु पाँच लाख दिने निर्णय गरेको हो । उक्त रकम विपद् व्यवस्थापन समितिमा उपलब्ध गराइने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेसनोटमा जनाइएको छ ।

यस्तै बैठकले २०७७ सालमा प्रदेशले दिने ६ दिनको बिदाबारेसमेत निर्णय गरेको छ । प्रदेश सरकारले एक वर्षमा बकरइद, माघ १ र २ गते तथा फागुन ३ गते प्रदेश स्थापना दिवसमा बिदा दिइने निर्णय गरेको छ । स्थानीय तहको निर्णयबाट हुने एक दिनको बिदा र निश्चित पर्व मनाउने समुदाय र ठाउँमा एक दिन बिदाको निर्णय गरिएको छ । निश्चित पर्व मनाउने समुदाय र ठाउँअन्तर्गत रुकुमरोल्पामा भूमेपूजा, थारु समुदायको बडकवा अतवारी र पाल्पामा भगवतीजात्रामा बिदा दिइने छ ।

बैठकले बालरोग विशेषज्ञ डा किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाउने निर्णयसमेत गरेको प्रेसनोटमा जनाइएको छ ।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७१०:५०

उदयपुरको भुल्केमा लकडाउन कडा, सङ्क्रमितको उपचार विराटनगरमा !