काठमाडौँ – उदयपुर जिल्ला अहिले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ। त्यहाँ सामुदायिक स्तरमै संक्रमण देखिएको छ। हाल सम्म त्यहाँ संक्रमितको संख्या २७ पुगेको छ। बुधबार ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै उदयपुर जिल्लामा मात्रै संक्रमितको संख्या २७ पुगेको हो।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित नुरी मस्जिदमा बस्ने सबैमा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त मस्जिदमा बस्दै आएका थप ३ जनामा संक्रमणको पुष्टि भएसँगै त्यहाँ बस्ने सबैमा कोरोना रहेको खुल्न आएको हो।
कोरोना नदेखिएपछि मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएका तीन जनामा पनि बुधबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार कोरोना पुष्टि भएकाहरुमा भारतका २४ वर्षीय नागरिक तथा विराटनगर १७ का ६० वर्ष र ७२ वर्षका पुरुष रहेका छन्।
यस अगाडी शुक्रबार सोहि मस्जिदमा बस्दै आएका १ नेपाली र ११ भारतीयमा कोरोना पुष्टि भएको थियो। बताइएअनुसार, उक्त मस्जिफमा ४ नेपाली र १२ भारतीय गरी १६ जना बस्दै आएका थिए।
कोरोना नदेखिएका ४ जनालाई शुक्रबार क्वारेन्टाइनमा राखिएको थियो । जस मध्ये एकमा शनिबार कोरोनाको पुष्टि भएको थियो भने बाँकि तीनमा आज कोरोनाको पुष्टि भएको हो।
नुरी मस्जिद आसपासका क्षेत्रमा पनि कोरोना भाइरस संक्रमण फैलिएको पाइएको छ। मस्जिद बाहिरको बस्तिमा गरिएको परिक्षणबाट ११ जनामा संक्रमणको पुष्टि भएको छ। नुरी मस्जिद र त्यस आसपासमा क्षेत्रमा मात्रै २७ जनामा संक्रमण देखा परिसकेको छ।