एजेन्सी – कोविड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको एएफपी समाचार समितिले बुधबार जानकारी दिएको छ ।
प्राप्त भएको समाचारअनुसार युरोपभरी कोरोना भाइरस सक्रमितको संख्या १२ लाख ४६ हजार ८४० रहेको छ । यसमा १ लाख १० हजार १९२ जनाको ज्यान गएको बताइएको छ । युरोप कोरोना भाइरसको संक्रमणको कारण अत्यन्त प्रभावित महादेशमा पर्दछ ।
कोरोना भाइरसको संक्रमणको कारण इटालीमा २४ हजार ६४८, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २० हजार ७९६ र बेलायात १७ हजार ३३ जनाले ज्यान गुमाएका छन् ।
दिल्लीमा कोरोना संक्रमितको संख्या २ हजार १५६ जना
एजेन्सी – भारतको दिल्ली महानगरमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार १५६ पुगेको छ । दिल्लीमा मात्र यतिधेरै संक्रमित हुन पुगेका यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बुधबार जानकारी दियेला छन् ।
यी संक्रमितमध्ये ६११ जना निको भएर घर फर्किएका जनाइएको छ । बुधबार बिहानसम्म संक्रमितको संख्या यति पुगेको र मंगलबार मात्र ७५ जना थपिएको सो समाचारमा जनाइएको छ । नयाँ दिल्लीमा रहेका यी संक्रमितमध्ये २७ जना आइसियुमा रहेका छन् भने ५ जना भेन्टिलेटरमा राखिएको स्वास्थ्यमन्त्री जैनले एएनआई समाचार समितिलाई बताए ।
यसैगरी दिल्लीका पनि कैयौँ पत्रकारलाई कोरोनाको संक्रमण भएका समाचारहरु पनि आइरहेको जानकारी उनले दिए। तर कतिजना पत्रकारलाई संक्रमण भएको छ भन्ने बारेमा भने उनले केही बताएनन्।
त्यसैगरी महाराष्ट्र राज्यमा पनि कारोनाबाट कैयौँ पत्रकार संक्रमित भएका समाचार आएको छ भन्दै उनीहरुको उपचारका लागि हामीहरुले विशेष व्यवस्था गर्नेछौँ, मन्त्री जैनले बताए । पत्रकारहरुले आफुले चाहेमा परीक्षण गर्न सक्ने पनि उनले बताए ।