कोरोनाका कारण २४ घण्टामा ६ हजार बढीको मृत्यु, संक्रमितको संख्या २६ लाख नाघ्यो !

एजेन्सी – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २६ लाख नाघेको छ। बितेको २४ घण्टामा विश्वभर ७९ हजार ९ सय ५६ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या २६ लाख नाघेको हो। यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना संक्रमितको सख्या २६ लाख ३५ हजार ७ सय १६ पुगेको छ।

बितेको २४ घण्टामा विश्वभर ६ हजार ६ सय ७ संक्रमितले ज्यान गुमाएका छन्। जससँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार ६६ पुगेको छ।

हाल कोरोनाको केन्द्रविन्दुको रुपमा रहेको अमेरिकामा एकै दिन २९ हजार ९ सय ७३ संक्रमित थपिएका छन् भने २ हजार ३ सय ४१ जनाको ज्यान गएको छ। बिहिबार बिहान सम्म अमेरिकामा संक्रमितको संख्या ८ लाख ४८ हजार ७ सय १७ पुगेको छ भने मृतकको संख्या ४७ हजार ६ सय ५९ पुगेको छ।

अमेरिका पछि सबै भन्दा बढी संक्रमित भेटिएको स्पेन र इटालीमा संक्रमितको संख्या क्रमश २ लाख ८ हजार ३८९ र १ लाख ८७ हजार ३२७ पुगेको छ। स्पेनमा हाल सम्म २१ हजार ७ सय १७ जनाको ज्यान गएको छ भने इटालीमा २५ हजार ८५ पुगेको छ।

यस्तै नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ। बितेको २४ घण्टामा १२ सय ९० संक्रमित थपिएसँगै त्यहाँ संक्रमितको संख्या २१ हजार ३७० पुगेको हो। त्यहाँ २४ घण्टामा ३६ जनाले ज्यान गुमाएका छन्। अहिले सम्म भारतमा ६ सय ८१ जनाको ज्यान गइसकेको छ।

प्रकाशित : बिहिबार, बैशाख ११, २०७७०२:५८

अपाङ्गता भएका छोरालाई आमाको माया…