बलेरोमा राखी धुलिखेलबाट बनेपाको जङ्गल पुर्याएर करणी !

बनेपा- सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भई काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने किशोरीलाई ब-लात्का-र गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार सामूहिकरूपमा जब-र्जस्ती क-रणी गरेको आरोपमा छ महिनादेखि फरार तीन जनालाई बुधबार पक्राउ गरेको हो ।

गत २०७६ असोज १३ गते विभिन्न प्रलोभन देखाई बा५च ३८४९ नंको बलेरोमा राखी धुलिखेलबाट बनेपा नगरपालिका–६ स्थित काभ्रे क्याम्पसभन्दा माथिको जङ्गलमा लगि गाडीभित्र नै जबर्जस्ती क-रणी गरेको आरोपमा असोज १६ गते जाहेरी परेको र १७ गते नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिई प्रहरीले खोजतलास शुरु गरेको थियो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेँसी स्थायी घर भइ हाल बनेपा नगरपालिका–१० थापागाउँ बस्ने १९ वर्षीय सविन गौतम, पनौती नगरपालिका– ५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापा र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ शेरा स्थायी घर भइ हाल बनेपा नगरपालिका–१० डेरा गरी बस्ने १९ वर्षीय सविन दुलाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गरेको गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को क-रणीसम्बन्धी कसूरअन्तर्गत जबर्जस्ती क-रणीअन्तर्गत कारवाही हुने प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रकाशित : बिहिबार, बैशाख ११, २०७७०६:०२

लालाबाला च्याँपेर घर फर्किनेको घुइँचो