आफूलाई ‘रियल रोनाल्डो’ भन्ने गरेको बारे ब्राजिलियन रोनाल्डोको यस्तो टिप्पणी !

एजेन्सी – ब्राजिलियन लेजेन्ड रोनाल्डोले आफूलाई ‘रियल रोनाल्डो’ भनिने गरेको प्रति आपत्ति जनाएका छन्।

इटालियन विश्वकप विजेता फेबियो कान्नावारोसँग इन्स्टाग्रामको एक अन्तर्वार्तामा उनले ‘रियल रोनाल्डो’ भनेर बोलाएको सुन्दा दिक्क लाग्ने बताएका हुन्। दुई खेलाडीलाई तुलना गर्ने र एकलाई रियल रोनाल्डो भन्ने र अर्कोलाई रोनाल्डो भन्ने कुरा सुहाउँदो नहुने उनको तर्क छ।

“मलाई ‘रियल रोनाल्डो’ भनेर सम्बोधन गर्दा क्रिस्टियानोलाई कति उदेक लाग्दो हो ?”,अन्तर्वार्तामा उनले भनेका छन्,”दुई खेलाडी बीच तुलना गर्नु बेकार हो। गोलहरु र निरन्तरताका कारण क्रिस्टियानो फुटबलको इतिहासमा रहिरहनेछन्। विश्वकै उत्कृष्ट खेलाडीको रुपमा मेस्सी जस्तै उनको पनि नाम रहनेछ।”

रोनाल्डोले दुई पटक ला लिगा रियलबाट र युइएफए कप इन्टरबाट उपाधि जितेका थिए । ब्राजिलले १९९४ मा विश्वकप जित्दा उनी टिमका सदस्य थिए । तर, उनले खेल्ने मौका पाएनन् । उनले १९९८ मा ब्राजिल फाइनल पुग्दा महत्वपुर्ण भुमिका खेलेका थिए । उनी १९९८ र २००२ को विश्वकपमा सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए ।

रियल म्याड्रिडमा रहेर रोनाल्डोले भन्दा क्रिस्टियानोले बढी ट्रफी जितेका छन्। चार च्याम्पियन्स लिग ट्रफी सहित क्रिस्टियानोले रियलमा रहेर रोनाल्डोको भन्दा बढी उपलब्धि हात पारेका छन्।

प्रकाशित : बिहिबार, बैशाख ११, २०७७०७:२५

यी खेलाडीले गरे मेस्सी, फेडेरेर र जोर्डनको स्तरमा रोनाल्डो कहिल्यै पुग्न नसक्ने दावी !