एजेन्सी – युरोप तथा अमेरिकालाई केन्द्रविन्दु बनाइरहेको कोरोना भाइरस संक्रमणले विश्वभर १ लाख ८५ हजार ५९ जनाको ज्यान लिसकेको छ। यो समाचार तयार पर्दा सम्म विश्वभर संक्रमितको संख्या २६ लाख नाघेर २६ लाख ५३ हजार ८०८ पुगेको छ।
सबै भन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका छन् भने सबै भन्दा धेरै मृत्यु पनि अमेरिकामा भएको छ। त्यहाँ अहिले सम्म ८ लाख ४९ हजार ९२ संक्रमित फेला परेका छन्। बितेको २४ घण्टामा मात्रै त्यहाँ २ हजार ३ सय ४१ जनाको ज्यान गएको छ।
कोरोना भाइरसक कारण अमेरिका पछि सबै भन्दा धेरै इटालीमा २५ हजार ८५ जना, स्पेनमा २२ हजार १ सय ५७ जना, फ्रान्समा २१ हजार ३ सय ४० जना र बेलायतमा १८ हजार १ सय जनाको ज्यान गएको छ।
सबै भन्दा धेरै संक्रमित फेला परेका देशहरुमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी र बेलायत रहेका छन्। अहिले सम्म अमेरिकामा ८ लाख ४९ हजार ९२, स्पेनमा २ लाख १३ हजार २४, इटालीमा १ लाख ८७ हजार ३२७, फ्रान्समा १ लाख ५९ हजार ८७७, जर्मनीमा १ लाख ५० हजार ७२९ र बेलायतमा १ लाख ३३ हजार ४९५ संक्रमित फेला परेका छन्।
कोरोना संक्रमण भएको शिर्ष देशहरु मध्ये सबै भन्दा धेरै संक्रमित जर्मनीमा निको भएका छन्। त्यहाँ अहिले सम्म १ लाख भन्दा बढी कोरोना संक्रमित निको भएका छन्। त्यहाँ हाल सम्म १ लाख ३ हजार ३०० जना संक्रमित निको भएर घर फर्किसकेका छन्। जर्मनीमा ६८ प्रतिशत भन्दा बढी संक्रमित निको भैसकेका छन्। अब जर्मनीमा ३० प्रतिशत भन्दा पनि कम संक्रमित निको हुन बाँकि छन्।
यस्तै त्यहाँ मृत्युदर पनि अन्य देशहरु भन्दा निकै न्यून देखिएको छ। अहिले सम्म त्यहाँ ५ हजार ३ सय १५ ले ज्यान गुमाएका छन्। जसमध्ये २२९ जना बितेको २४ घण्टामा बितेका हुन्। जर्मनीको मृत्युदर अहिले मात्रै ३ दशमलभ ५ प्रतिशत छ। कोरोनाबाट संक्रमित शिर्ष देश मध्य जर्मनीको मृत्युदर सबै भन्दा न्यून हो।
कोरोनाको शुरुवाती केन्द्रविन्दुको रुपमा रहेको चीन भन्दा पनि जर्मनीमा मृत्युदर कम देखिएको छ। विश्वभर अहिले सम्म ७ लाख २७ हजार ८ सय ४४ संक्रमित निको भएका छन्। विश्वभर निको हुने मध्ये १४ प्रतिशत भन्दा बढी जर्मनीका छन्।
उपचार पछि निको भएर घर फर्किनेको संख्या कुन देशमा कति ? हेर्नुहोस्
स्पेनमा ८९ हजार २ सय ५० जना निको भएर घर फर्किसेकेका छन्।
चीनमा निको भएर घर फर्किनेको संख्या ७७ हजार २ सय ०७ पुगेको छ।
अमेरिकामा निको भएर घर फर्किनेको संख्या ८४ हजार ५० पुगेको छ।
इरानमा ६३ हजार १ सय १३ जना मानिसउपचार पछि निको भएर घर फर्किसकेका छन्
इटालीमा घर फर्किनेको संख्या ५४ हजार ५ सय ४३ पुगेको छ।
फ्रान्समा ४० हजार ६ सय ५७ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।
ब्राजिलमा उपचार पछि २५ हजार ३ सय १८ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
स्विजरल्याण्डमा १९ हजार ९ सय कोरोना संक्रमित उपचार पछि घर फर्किसकेका छन्।
टर्कीमा १६ हजार ४ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
क्यानाडामा १३ हजार ९ सय ८७ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
अष्ट्रियामा ११ हजार ६ सय ९४ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
बेल्जियमा ९ हजार ८ सय जना कोरोना संक्रमित उपचार पछि घर फर्किसकेका छन् ।
आरल्याण्डमा ९ हजार २ सय ३३ जना कोरोना संक्रमित उपचार पछि निको भएर घरफर्किसकेका छन् ।
दक्षिण कोरियामा ८ हजार ४ सय ११ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
भारतमा ४ हजार ३ सय ७६ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
नेपालमा ७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।