काठमाडौँ – पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि छानबिन र कारवाही गर्नुपर्ने बताएका छन्। सामाजिक संजाल मार्फत भट्टराईले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि छानबिन र कारवाही हुनुपर्ने बताएका हुन्।
समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुर पुगेर काठमाडौं ल्याएको खनालको स्वीकारोक्ति प्रति भट्टराईको यस्तो टिप्पणी आएको हो। देशको पूर्व सुरक्षा प्रमुखले यति गम्भीर कुरामा लापरवाहपूर्ण तरिकाले कुरा गर्न नमिल्ने भट्टराईको तर्क छ।
“देशको पूर्व सुरक्षा प्रमुखले यति गम्भीर कुरामा यस्तो नकच्चरो र काइते तर्क गर्न मिल्छ?”, नवगठित जनता समाजवादी पार्टीका नेता समेत रहेका भट्टराईले प्रश्न गरेका छन्।
अपराध अनुसन्धानका ज्ञाता पूर्व आईजीपीले कुन हैसियतमा र कस्को आदेशमा यस्तो हर्कत गरेको हो भन्ने कुरा पनि खुलाइदिनुपर्ने भट्टराईको माग छ।
“अपराध अनुसन्धानका ज्ञाता पूर्व आईजीपीले बताइदिनुपर्यो-कुन चोरले शुरूमै आफुले चोरेको स्वीकार गर्छ?यिनले कुन हैसियतमा र कस्को आदेशमा यस्तो हर्कत गर्न तम्से?यसको निष्पक्ष छानवीन र कार्वाही हुनुपर्छ!”,भट्टराईले लेखेका छन्।
देशको पूर्व सुरक्षा प्रमुखले यति गम्भीर कुरामा यस्तो नकच्चरो र काइते तर्क गर्न मिल्छ?अपराध अनुसन्धानका ज्ञाता पूर्व आईजीपीले बताइदिनुपर्यो-कुन चोरले शुरूमै आफुले चोरेको स्वीकार गर्छ?यिनले कुन हैसियतमा र कस्को आदेशमा यस्तो हर्कत गर्न तम्से?यसको निष्पक्ष छानवीन र कार्वाही हुनुपर्छ! https://t.co/VU2DtlubMe
— Baburam Bhattarai (@brb1954) April 23, 2020