कञ्चनपुरका प्रहरी जवानमा कोरोना, स्वाब परिक्षणको तयारी !

काठमाडौँ – र्‍यापिड टेस्टका क्रममा कञ्चनपुरका एक प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।

बिहिबार गरिएको र्‍यापिड टेस्टका क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एक प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो।

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ। उनको थ्रोट स्वाब संकलन गरी धनगढीस्थित प्रयोगशालमा लैजाने तयारी भैरहेको बताइएको छ।

निको हुनेको सङ्ख्या नौ पुगेको छ

हालसम्म कोराना भाइरसबाट निको हुनेको सङ्ख्या नौ पुगेको छ । केही दिन अगाडि काठमाडौँको पेप्सीकोलास्थित सनसीटी अपार्टमेन्टमा देखिएको कोरोना सङ्क्रमित दुवै व्यक्ति निको भई आज डिस्चार्ज भएका छन् । पाटन अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला निको भई घर फर्किएका हुन् ।

कोरोना भाइरसको रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट हालसम्म ४३ हजार ७२२ जनामा परीक्षण सम्पन गरिएको छ । जसमा पिसिआर नौ हजार १९९ र आरडिटी ३४ हजार ५२३ मा परीक्षण गरिएको मन्त्रालयले जनाएको हो । क्वरेन्टाइनमा बस्नेको सङ्ख्या १० हजार ५७१ छ । अहिलेसम्म आइसोलेशनमा ८६ रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा चार छन् भने उपत्यका बाहिर ८२ जना रहेका छन् । रेड जोनमा हालसम्म २७८ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पौडेलले आफ्नो अस्पतालले अत्यावश्यक सेवा र ओपीडी सेवालाई निरन्तरता दिइएको बताए। उनले स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिईको व्यवस्था गरी उपचारमा खटिएको बताए।

उनका अनुसार अस्पतालले अनलाइन र फोनका माध्यमबाट पनि बिरामीको स्थिति बुझ्ने गरेको बताए। जो कसैलाई पनि समस्या परेमा अस्पतालको फोन नम्बर ०१४२२५२७५ र ९८४०८८३०५५ मा सम्पर्क गरी जानकारी लिन सकिने अस्पतालका प्रमुख पोडेलको भनाइ छ ।

प्रकाशित : बिहिबार, बैशाख ११, २०७७१२:५९

लकडाउन बढाउने तयारीमा सरकार !