विप्लवका भतिजा प्रहरी नियन्त्रणमा

परासी – नेत्रविक्रम चन्दका भतिजा दिलीप चन्दलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालतबाट थुनामुक्त दिलीपलाई प्रहरीले आज पुनः नियन्त्रणमा लिएको हो । बन्दीप्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्दै जिल्ला न्यायाधीश अशोककुमार बस्नेत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा र नेपाल बार एशोसियशनका प्रतिनिधिको रोहबरमा आज दिलीपलाई थुनामुक्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले परासीको बुद्धचोकबाट पक्राउ गरेका हुन् । अभियुक्त नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुरका छोरा हुन् ।

गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तारेखमा छाडेको थियो । सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ३२ वर्षीय दिलीपका बाबु चन्द समूहको गतिविधिमा संलग्न रहेको आरोपमा तुलसीपुरमा थुनामा छन् ।

लकडाउनमा फसेकाको उद्धार
हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनका कारण राजधानी काठमाडौँमा रोकिएका नगरवासीको उद्धार कार्य शुरु गरेको छ । अध्ययन तथा विभिन्न कामका सिलसिलामा राजधानी काठमाडौँका विभिन्न ठाउँमा बस्दै आएका नगरवासी लकडाउन लागू भएसँगै घर फर्कन नपाएर अलपत्र परेपछि नगरपालिकाले रिजर्भ गाडी पठाएर उद्धार कार्य शुरु गरेको हो ।

काठमाडौँको पेप्सीकोलामा रहेका वडा नम्बर १, २, ३, ४ र ५ का नगरवासीलाई गएराति नगरपालिकाका तर्फबाट १२ गाडी पठाएर उद्धार गरिएको नगरप्रमुख इवन राईले बताए । “काठमाडौँको विभिन्न ठाउँमा बस्दै आएका उनीहरुलाई उद्धार गरेर ल्याउनेक्रम जारी छ”, उनले भने, “उनीहरु सबैको स्वास्थ्य परीक्षण गरेर स्वस्थ रहेका व्यक्तिलाई होम क्वारेन्टाइन तथा सामान्य बिरामी अवस्थाका व्यक्तिलाई सम्बन्धित वडामा निर्माण गरिएका क्वारेन्टाइनमा १४ दिनसम्म राखिनेछ ।” गएराति काठमाडौँका विभिन्न ठाउँबाट ५८६ नगरवासीलाई उद्धार गरी ल्याइएको नगरप्रमुख राईले बताए ।

प्रकाशित : बिहिबार, बैशाख ११, २०७७१४:०४

जेलमा रहेका १७ नेपालीले पाए आममाफी दिने कतारको घोषणा, ओलीले दिए धन्यवाद!