काठमाडौँ – कतारमा अनिवार्यरुपमा मास्क लगाउनु नियम लागू हुने भएको छ। आउने आइतबार देखि कतारमा रहने सम्पूर्णले अनिवार्य मास्क लगाउनुपर्ने नियम लागू हुने भएको हो।
कतारको मन्त्रिपरिषद्ले आइतबार, २०२० अप्रिल २६ देखि लागू हुने गरी सरकारी र निजी क्षेत्रका कर्मचारी तथा सेवाग्राही, व्यापारी तथा किनमेलकर्ता, सेवा तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्ति तथा कामदारहरुले गरी अनिवार्यरुपमा मास्क लगाउनु पर्ने निर्णय गरेको नेपाली दूतावास दोहा कतारले जनाएको छ।
उल्लेखित निर्देशन पालना नगरेको खण्डमा सन् १९९० को कानुन नं. १७ बमोजिम अधिकत्तम तीन वर्ष जेल सजाय वा कतारी रियाल दुई लाख सम्म जरिवाना वा दुवै सजाय हुने छ। तसर्थ यस नियमको पालना गर्न र गराउन कतारमा रहने सम्पूर्ण नेपालीहरुलाई नेपाली दूतावास दोहा कतारले आग्रह गरेको छ।
अनिवार्य मास्क लगाउनुपर्ने निर्देशन जारी भएको बारे सूचना जारी गर्दै नेपाली दूतावासले फेसबुकमा यसो लेखेको छ –
“कतारको मन्त्रिपरिषद्ले आइतबार, २०२० अप्रिल २६ देखि लागू हुने गरी सरकारी र निजी क्षेत्रका कर्मचारी तथा सेवाग्राही, व्यापारी तथा किनमेलकर्ता, सेवा तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्ति तथा कामदारहरुले गरी अनिवार्यरुपमा मास्क लगाउनु पर्ने निर्णय गरेको सार्वजनिक भएको छ ।
उल्लेखित निर्देशन पालना नगरेको खण्डमा सन् १९९० को कानुन नं. १७ बमोजिम अधिकत्तम तीन वर्ष जेल सजाय वा कतारी रियाल दुई लाख सम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख भएको हुनाले यस निर्देशनको पालना गर्नु/गराउनु हुन नेपाली राजदूतावास कतारमा बसोबास गर्ने सबै नेपालीहरुमा अनुरोध गर्दछ ।”
जेलमा रहेका १७ नेपालीले पाए आममाफी दिने कतारको घोषणा, ओलीले दिए धन्यवाद!
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका विषयमा कुरा गरेका छन् ।
प्रधानमन्त्री ओलीले फोन संवादमा कतारमा विभिन्न आरोपमा गिरफ्तारमा परेका १७ नेपालीलाई रिहाइ गरेकाप्रति खुशी व्यक्त गर्दै धन्वयाद दिएका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, “कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरे, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखे, कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो, मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाइप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।”
आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।
— K P Sharma Oli (@kpsharmaoli) April 23, 2020