कोरोना भाइरसबाट मुक्त भयो काठमाडौँ !

काठमाडौँ – सबै भन्दा पहिलो कोरोना भाइरसको संक्रमण देखिएको काठमाडौँ कोरोना मुक्त भएको छ। बिहिबार काठमाडौँ पेप्सीकोलास्थित सनसीटी अपार्टमेन्टमा बस्दै आएका दुई जना कोरोना मुक्त भएसँगै काठमाडौँ कोरोना मुक्त भएको हो।

काठमाडौँ पेप्सीकोलास्थित सनसीटी अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिलामा केहि हप्ता अगाडी कोरोनाको पुष्टि भएको थियो। पाटन अस्पतालमा उपचारपछि दुवै जना बिहिबार डिस्चार्ज भएका हुन्।

सबै भन्दा पहिला काठमाडौँमा माघ ८ गते चीनबाट आएका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पुष्टि भएको थियो। उनी नेपालको पहिलो कोरोना संक्रमित हुन्। उनी केहि हप्तामै निको भएका थिए। यस्तै काठमाडौँमा भेटिएका कोरोना संक्रमितको केहि विवरण निम्न छ।

फ्रान्सबाट कतारको दोहा हुँदै आएकी युवतीमा १० चैतमा कोरोना पुष्टि भएको थियो। उनी नेपालको दोस्रो संक्रमित हुन्। १९ वर्षीया ती युवती चैत ४ गते कतार एयरवेजको विमानमा आएकी थिइन्। ती युवती पनि निको भएर घर फर्किसकेकी छन्।

यस्तै काठमाडौँमा फेला परेका तेस्रो संक्रमित धादिङका ३२ वर्षीय पुरुष रहेका थिए। उनी चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ विमानमा नेपाल आएका थिए। उनी पनि निको भएर घर फर्किसकेका छन्।

काठमाडौँ कोरोना मुक्त भएकोमा प्रधानमन्त्रीद्वारा खुसि व्यक्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी कोरोना भाइरस मुक्त भएको प्रति खुसि व्यक्त गरेका छन्। शुक्रबार सामाजिक संजाल ट्वीटर मार्फत उनले काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको बताएका हुन्।

डिस्चार्ज भएका सबैको सुस्वास्थ्यको कामना गरे प्रधानमन्त्रीले गरेका छन्।

“कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ। डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।”,ओलीले ट्वीटरमा लेखेका छन्।

प्रकाशित : शुक्रबार, बैशाख १२, २०७७०५:३६

सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जहाज काठमाडौँ आइपुग्यो !