काठमाडौँ – साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने सरकारको निर्णय प्रति खुशी व्यक्त गरेका छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश फिर्ता गर्ने निर्णय गरेको प्रति सामाजिक संजाल मार्फत टिप्पणी गर्दै खुशी व्यक्त गरेका हुन्।
अध्यादेश फिर्ता लिइएसँगै तात्कालिक घटनाको समाधान निस्किए पनि भ्रष्टता र स्वार्थलिप्तताको श्रृङ्खला ३० वर्षदेखि नरोकिएको भन्दै उनले चिन्ता पनि व्यक्त गरेका छन्। भ्रष्टता र स्वार्थलिप्तताको श्रृङ्खला छिटै आर्को रूपमा प्रकट हुन सक्ने उनको चिन्ता छ।
“अध्यादेश फिर्ता लिनु खुशीको विषय हो। तर तात्कालिक घटनाको समाधान निस्किए पनि यिनको भ्रष्टता र स्वार्थलिप्तताको श्रृङ्खला ३० वर्षदेखि रोकिएको छैन। त्यो फेरी छिटै आर्को रूपमा प्रकट हुनेछ।”,ट्वीटरमा उनले लेखेका छन्।
भ्रष्टता र स्वार्थलिप्तताको श्रृङ्खला छिट्टै शुरु हुन सक्ने हुँदा देश बनाउने आगो बोकेकाहरू एकजुट हुनुपर्ने उनको बुझाई छ। “कि ‘हामी त यस्तै हो ब्रो’ भनेर यिनैलाई जिम्मा लाऊँ। नत्र अब देश बनाउने आगो बोकेकाहरू एकजुट हौँ।”,उनले ट्वीटरमा लेखेका छन्।
अध्यादेश फिर्ता लिनु खुशीको विषय हो। तर तात्कालिक घटनाको समाधान निस्किए पनि यिनको भ्रष्टता र स्वार्थलिप्तताको श्रृङ्खला ३० वर्षदेखि रोकिएको छैन। त्यो फेरी छिटै आर्को रूपमा प्रकट हुनेछ। कि ‘हामी त यस्तै हो ब्रो’ भनेर यिनैलाई जिम्मा लाऊँ। नत्र अब देश बनाउने आगो बोकेकाहरू एकजुट हौँ।
— Rabindra Mishra (@RabindraMishra) April 24, 2020