काठमाडौँ – पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको कुर्सीमा केपी शर्मा ओली रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहने दावी गरेका छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश फिर्ता गर्ने निर्णय गरेको प्रति सामाजिक संजाल मार्फत टिप्पणी गर्दै भट्टराईले यस्तो बताएका हुन्।
समाजवादीतर्फ हानेको अध्यादेशको गो-ली आफैतिर फर्केर घाइते भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएको भट्टराईको भनाई छ। ओलीले श्री ७ खड्ग शमशेर बन्ने सपना देखे पनि त्यो सफल हुन नसकेको भट्टराईले ट्वीटरमा उल्लेख गरेका छन्।
“समाजवादीतर्फ हानेको अध्यादेशको गो-ली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका ओलीले अध्यादेश फिर्ता लिएछन्।”,ओलीलाई मेन्सन समेत गर्दै भट्टराईले लेखेका छन्।
अध्यादेश फिर्ता लिँदैमा उनी र उनको आडमा भएको अपराध नलुक्ने हुँदा छानवीनकार्वाही हुनुपर्ने भट्टराईको माग छ। भट्टराईले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुर पुगेर काठमाडौं ल्याइएको विषयलाई लक्षित गर्दै छानवीनकार्वाहीको माग गरेका हुन्।
“यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!”,भट्टराईले लेखेका छन्।
समाजवादीतर्फ हानेको अध्यादेशको गो-ली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli ले अध्यादेश फिर्ता लिएछन्।यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!
— Baburam Bhattarai (@brb1954) April 24, 2020