कोरोना भाइरस: ३५ वर्षीय यी चर्चित र्यापरको मृत्यु!

एजेन्सी, अहिले विश्वभर कोरोना भाइरस (कोभिड-१९) फैलिएको छ । यस भाइरसबाट संसारका लाखौ मानिसको मृत्यु भैसकेको छ । त्यस्तै हलिउडका चर्चित र्यापर फ्रेड द गडसनका फ्यान दुखको खबर  बाहिरिएको छ । कोरोना भाइरसको संक्रमणबाट फ्रेड ३५ बर्षको उमेरमा यस संसारमा बिदा भएका छन् । यस कुराको जानकारी फ्रेडको साथी डिजे सेल्फले सोशल मिडियामा दिएका छन्।

डीजे सेल्फको इन्स्टाग्राम पोस्टमा सोशल मिडिया युजर्स तथा स्टारहरुले दुख व्यक्त गरेका छन् ।फ्रेडका प्रवक्ताले मिडियासंग कुरा गर्दै जानकारी दिए कि फ्रेड  आईसीयूमा थिए र उनको स्वास्थ्य पहिले नै सुध्रिएको थियो। हुनत उनको किड्नी  समस्या थियो। तर उनको ज्वरो एकदम कम भएको थियो ।

त्यस्तै  फ्रेड कोरोना भाइरसबाट ठूलो ख-तरामा थिए, किनकी उनलाई दमको समस्या थियो । खबर अनुसार उनले एकसाता पहिले सोशल मिडियामा एक पोस्ट गरेका थिए। जसको क्याप्शनमा उनले आफु कोरोना संक्रमित भएको बताएका थिए ।

प्रकाशित : शुक्रबार, बैशाख १२, २०७७०८:३१

“देशका नागरिकमाथि किन विभेद, भारतीयको गालीगलौच र कुटाई खाएर कति बाँच्नु?”