भोलि ग्रहचक्रमा बुधको ठूलो परिवर्तन, यी ३ राशिलाई अशुभ !

बुध राशिले यहि अप्रिल २५(वैशाख १३) मा मीन राशिबाट मेष राशिमा प्रवेश गर्दैछ । मेष राशिमा प्रवेश गरेसँगै बुध र सूर्यको युति बन्नेछ। तटस्थ रहने स्वभावको बुध र आफ्नो उच्च राशिमा रहेको सूर्य बीच भेट हुँदा विभिन्न राशिमा फरक-फरक असर पर्नेछ। बुध मेष राशिमा मे ९ तारिख सम्म रहनेछ। बुध मेष राशिमा प्रवेश गरेसँगै सबै भन्दा धेरै निम्न राशिहरुलाई नकारात्मक असर पुग्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बुधको राशि परिवर्तनले वृष राशि हुनेहरुलाई दुख दिने देखिन्छ। कुण्डलीको १२ औं स्थानमा बुधको उपस्थिति वृष राशि हुनेहरुको खर्च बढाउन सक्ला । आर्थिक समस्याले सताउन सक्ने हुँदा समयमै संयमित हुनु उचित हुन सक्छ। आर्थिक विषयमा कसैलाई पनि विश्वास गर्ने समय देखिँदैन । स्वास्थ्यको मामलामा पनि समस्या बढ्न सक्ला।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

बुधको राशि परिवर्तनले कन्या राशि हुनेहरुको स्वास्थ्यमा असर पार्ने देखिन्छ। स्वास्थ्यमा आकष्मिक समस्या देखा पर्दा खर्च पनि बढ्न सक्छ। वाणीमा नियन्त्रण नहुँदा सम्बन्धहरु बिग्रिन सक्लान्। निर्णय गर्दा गरिएको हतारोले बन्न लागेको कार्य पनि बिग्रिन सक्ने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

पाँचौं स्थानमा रहने बुध ग्रहले धनु राशि हुनेहरुको जीवन कष्टकर बनाउने देखिन्छ। यस गोचरको नकारात्मक प्रभाव परिवारमा पर्न सक्छ। परिवारमा स्वास्थ्य समस्याहरु देखिन सक्छन् भने कलह पनि बढ्न सक्ला। शिक्षामा पनि बुधको नकारात्मक असर पर्न सक्छ भने यात्राको लागि पनि समय उचित नहुन सक्छ।

प्रकाशित : शुक्रबार, बैशाख १२, २०७७०९:०१

छिट्टै विवाह बन्धनमा बाधिन चाहनुहुन्छ ? भोलि अपनाउनुहोस् यि उपाय !