काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भइरहेकै बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटार पुगेका छन्। प्रचण्ड शुक्रबार अपराह्न ओली र देउवाबीच छलफल भैरहेकै बेला बालुवाटार पुगेका हुन्।
शुक्रबार अपराह्न प्रचण्ड ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता भइरहँदा प्रचण्ड पनि बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”काे बालुवाटारमा सामुहिक भेट र छलफल जारी उनले बताए।
भेटवार्ता पछिल्लो परिस्थिति र परस्पर समझदारी बारे छलफल भैरहेको थापाको भनाई छ।