झापामा एकजनामा कोरोनाको पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो !

काठमाडौँ – शुक्रबार पनि नेपालमा एक कोरोना संक्रमित थपिएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा एक व्यक्तिमा कोरोनाको पुष्टि भएसँगै नेपालमा एक कोरोना संक्रमित थपिएका हुन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोनाको पुष्टि भएका उनलाई अहिले आइसोलेसनमा राखेर उपचार शुरु गरिएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ। नेपालमा कोरोना पुष्टि भए मध्ये १० जना उपचार पछि निको भएर घर फर्किसकेका छन्।

‘कोभिड–१९ सङ्क्रमण फैलिन नदिन स्वास्थ्य र सुरक्षा उपायको परिचालन’

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि धैर्य भएर ‘लकडाउन’को पालना गर्न सबैसँग आग्रह गरेका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा आज सञ्चारकर्मीसँग कुुरागर्दै उनले सरकारले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन स्वास्थ्य र सुरक्षाका सम्पूर्ण उपायको परिचालन गरिएको जानकारी दिए । उनले प्रदेशमा कोभिड–१९ को उच्च जोखिम रहेको ठानेर ‘लकडाउन’ हुुनुु धेरै अगाडि पूुर्वतयारी शुुरु गरेकाले वर्तमान अवस्थामा रोगविरुद्ध लड्न सहज भएको चर्चा गरे। उदयपुुरमा सङ्क्रमितको सङ्ख्या धेरै फेला परेपछि कोभिड–१९को परीक्षणको दायरा फराकिलो बनाई भुुल्केलगायत उदयपुुरलाई वर्तमान अवस्थामा ‘लक’ गरिएको जानकारी उनले दिए ।

मुुख्यमन्त्री राइले उदयपुुरको भुुल्केलगायतका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण फैलिन नदिने नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि परिचालन गरिएको बताए। उनले सरकारले सङ्क्रमितको उपचार र स्वास्थ्य उपकरणलगायतका सम्पूर्ण तयारी पूरा गरिसकेकाले सङ्क्रमितको सङख्या जतिसुकै वृद्धि भए पनि त्यसलाई नियन्त्रणमा राख्न सक्षम रहेको जानकारी दिए ।

उनले विराटनगरमा रहेको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका सङ्क्रमितको अवस्था सामान्य रहेकाले चिन्तित हुने अवस्था नरहेको धारणा राखे। उनले प्रदेशको भारतसँगको सीमा क्षेत्रको नाकामा पाँच÷पाँच सय मिटर क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गरी २४ घण्टा सुरक्षाकर्मी राखि आवतजावतमा पूर्णरुपमा रोक लगाइएको बताए।

मुख्यमन्त्री राईले सरकारले मोरङ, सुुनसरी र झापाका सीमा जोडिएको क्षेत्रमा सात हजार मानिसलाई राख्ने गरीे क्वारेन्टाइन निर्माण गर्न आवश्यक तयारी शुुरु गरेको जानकारी दिए ।

प्रकाशित : शुक्रबार, बैशाख १२, २०७७१४:५०

विश्व बैंकको चेतावनी – “कोभिड–१९ को प्रकोपका कारण खाद्यान्न आपूर्ति प्रभावित हुन्छ’