लकडाउनले काठमाडौँमा अड्किएका व्यक्तिहरु बोकेको बस दुर्घटना, एकको घटनास्थलमै मृत्यु !

काठमाडौँ – शनिबार बिहान उदयपुर तर्फ गैरहेको यात्रुबाहक बस दुर्घटना भएको छ। काठमाडौँमा अलपत्र परेकाहरुलाई लिएर उदयपुरतर्फ गइरहेको बस महोत्तरीको बर्दिवासमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परी एक जनाको घटना स्थलमै ज्यान गएको छ भने अर्का एक घाइते भएका छन्। ज्यान गुमाउनेमा तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्मा रहेका छन्।

लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरको चौरन्दी नगरपालिकातर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बसमा ३५ जना यात्रु सवार थिए। दुर्घटनामा परी घाइते हुनेमा तामाकोशी २ दोलखा घर भएका २३ वर्षका बाबुराम बिश्वकर्मा रहेका छन् भने उनको अहिले बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ।

प्रकाशित : शनिबार, बैशाख १३, २०७७०३:२४

थामिएन बाबुरामको रिस, भष्मासुर, हिटलरको संज्ञा दिँदै ओली माथि यसरी खनिए…