काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो बनाउने सरकारको तयारी !

काठमाडौँ – कोरोना भाइरस जोखिम बारे विस्तृत अध्ययन गरेर लकडाउन खुकुलो पार्ने तयारी गरिएको छ। सरकारले सुरक्षित मानिएका क्षेत्रहरुमा लकडाउन केहि हद सम्म खुकुलो बनाउने तयारी गरेको हो।

विश्वभर कोरोना भाइरसको उपस्थित भएसम्म देश पूरानै अवस्थामा फर्किन नसक्ने विज्ञहरुले बताएसँगै सरकारले लकडाउन खुकुलो बनाउने विषयमा दिर्घकालिन योजना बारे अध्ययनमा जुटेको छ।

लकडाउनको प्रकृति ठाउँ अनुसार फरक-फरक बनाउने सरकारको तयारी छ। कम जोखिम भएका स्थानमा विशेष सुरक्षा व्यवस्था सहित लकडाउन खुकुलो बनाउने र कोरोनाको जोखिम बढी भएका क्षेत्रमा लकडाउन अझ कडा बनाउने तयारीमा सरकार जुटेको बताइएको छ।

सरकारले पछिल्लो पटक थप गरेको लकडाउन वैशाख १५ गते सकिँदै छ। एक महिना भन्दा बढी लकडाउन भइसकेको अवस्थामा लकडाउन खुकुलो अथवा कडा पार्ने बारे अध्ययन र परामर्शमा सरकार जुटेको छ।

बिहिबार दुई जना निको भएर घर फर्किसकेपछि कोरोना संक्रमित बिहिन भएको काठमाडौँ उपत्यकामा भीडभाड नहुने गरी व्यक्तिगत दूरी कायम हुने गरी लकडाउन खुकुलो बनाउने सरकारको तयारी छ।

आन्तरिक उडान खुलाउने तयारी

सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरिरहेको सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिने अर्थात् लकडाउनलाई कस्तो ढाँचामा लैजाने भन्नेबारे यकिन भएको छैन । तथापि राजधानी काठमाडौँको लकडाउनलाई केही खुकुलो बनाउने सरकारले सङ्केत गरिसकेको छ । लकडाउन खुकुलो भए पनि अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध कायमै रहने सम्बद्ध अधिकारी बताउँछन् ।

नियामक निकाय प्राधिकरणले पनि तत्कालै अन्तर्राष्ट्रिय उडान खुल्ने अवस्था नरहेको जनाएको छ । मुलुकको आन्तरिक उडान भने निश्चित मापदण्डका आधारमा सञ्चालन गरिने बताइएको छ । यद्यपि वैशाख १५ पछि आन्तरिक उडान खुलाउनेबारे सरोकारवाला निकायबीच छलफल भइरहेको छ । प्राधिकरणका प्रवक्ता क्षेत्रीले आन्तरिक उडान खुलाउनेबारे वायुसेवा सञ्चालक सङ्घलगायत सरोकारवालासँग छलफल चलिरहेको तर कसरी र कुन मितिदेखि उडान सञ्चालन गर्ने भन्नेबारे कुनै निष्कर्षमा पुगिनसकेको बताए।

छिमेकी मुलुक भारतमा पनि लकडाउन चलिरहेको र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध गरिएको अवस्थामा नेपालले पनि तत्काल उडान सञ्चालन गर्ने अवस्था नरहेको अधिकारीको बुझाइ छ । भारतीय एयर इण्डियालगायत एयरलाइन्सहरुले मे ४ देखि आन्तरिक र जुन १ देखि अन्तर्राष्ट्रिय उडानका लागि टिकट बुकिङ खुलाउने निर्णय गरे पनि त्यहाँको ‘मिनिष्ट्री अफ सिभिल एभिएशन’ ले जुलाइ महिनासम्म बुकिङ नखुलाउन निर्देशन दिएको छ ।

प्रकाशित : शनिबार, बैशाख १३, २०७७०५:००

कोरोना भाइरस मुक्त भए चितवनका एक सङ्क्रमित, आज दिउँसो डिस्चार्ज गरिने !