कोरोना भाइरस: भारतमा हाल सम्मकै उच्च मृत्यु, बन्यो नयाँ रेकर्ड !

छिमेकि मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार नाघेको छ। बितेको २४ घण्टामा १४ सय भन्दा बढी संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या २४ हजार ५३० पुगेको हो।

भारतमा बितेको २४ घण्टामा मृतकको संख्यामा पनि ह्वातै वृद्धि भएको छ। बितेको २४ घण्टामा त्यहाँ ५९ जनाको ज्यान गएको छ। जससँगै त्यहाँ मृतकको संख्या ६ सय ४५ पुगेको छ।

यसरी कोरोना भाइरसका कारण भारतमा एकै दिन ५० जना भन्दा बढी व्यक्तिको ज्यान गएको यो दोस्रो पटक हो। यस भन्दा अगाडी अप्रिल २१मा सबै भन्दा बढी ५३ जनाको ज्यान गएको थियो। बिहिबार देखि शुक्रबार सम्म २४ घण्टामा ३७ जनाको ज्यान गएता पनि शनिबार सम्म त्यो संख्या ह्वातै बढेर ५९ पुगेको हो।

भारतमा देखिएका संक्रमितहरूमध्ये ५ हजार ४९६ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १८ हजार १७१ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ६ हजार ८१७ जना पुगेको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रामा देखिएको छ ।

प्रकाशित : शनिबार, बैशाख १३, २०७७०६:२१

बेलायत र अमेरिकामा कोरोना खोपको परिक्षण शुरु: सफल भए सबै देशलाई उपलब्ध गराउन आग्रह