क्वारेन्टाइनको ड्युटी सकेर फर्किँदै थिए प्रहरी जवान, दुर्घटना हुँदा घर पुग्नै पाएनन् !

कोहलपुर – बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा आज बिहान मृ-त्यु भएको छ । क्वारेन्टाइनको ड्युटी सकेर उनी मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको हो ।

ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजीकै सडकको डिभाइडरमा ठोक्किएर मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरी कार्यालय मुद्दा शाखा इञ्चार्ज प्रहरी निरीक्षक हृदयेन्द्र सापकोटाले आज बिहान करीब ३ बजे सो दुर्घटना भएको जानकारी दिए।

दुर्घटनामा सहचालकको मृ-त्यु : सबै यात्रु सकुशल

कडाउन जारी रहदा अलपत्रमा परेकालाई उद्धारमा खटेको यात्रुबस दुर्घटना हुँदा एक जनाको मृ-त्यु भएको छ ।

काठमाडौँबाट उदयपुरका लागि छुटेको बा३ख ४०३६ नंको बस बिपी राजमार्गको बर्दिवास नगरपालिका–३ पाटुमा आज बिहान दुर्घटना हुँदा बसकै सहचालक दोलखा जिल्लाको तामाकोशी–२ का बाबुराम विश्वकर्माको घटनास्थलमै मृ-त्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

घटनामा परी दोलखाको तामाकोशी–२ कै २२ वर्षीय प्रदीप विश्वकर्मा घाइते भएका छन् । घाइतेको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।

पाटुको मोडपर्ने ठाउँमा बस कोल्टिएर पल्टन लागेपछि ढोका खोलेर हाम फाल्ने क्रममा सहचालक बाबुरामको बसको हुडले किचेर मृ-त्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरको चौदण्डी नगरपालिकाले लकडाउनले काठमाडौँंमा अलपत्र परेका आफ्ना नगरका ३५ बासिन्दालाई ल्याउँदै गरेको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा परेपछि पाटुका बासिन्दाले सबै यात्रुको उद्धार गरेका थिए । यात्रु सबै सकुशल रहेका र अर्को साधन व्यवस्थापन गरी गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : शनिबार, बैशाख १३, २०७७०८:५०

कोरोना जितेकी युवती भन्छिन् – “कोरोनाको औषधि धैर्य र आत्मबल रहेछ”