लकडाउनका बेला चरीबाघ गाउँ पस्यो

लमजुङ । विश्वमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले लागू गरेको लकडाउनका बेला चरीबाघ गाउँ पसेको छ । राइनास नगरपालिका ४ सातबीसे गाउँमा शुक्रबार राति चरीबाघ गाउँ पसेको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख मोहन काफ्लेले बताए ।

गाउँमा बाघ आएको खबर डिभिजन वन कार्यालयलाई आएपछि सोही नगरमा रहेको राइनास सबडिभिजनका कर्मचारीले उद्धार गरी नजीकैको जंगलमै छाडिदिएको उनको भनाइ छ ।

चरीबाघ सम्भवतः जिल्लामै पहिलोचोटि गाउँ पसेको पाइन्छ । तराईदेखि ४५ मिटरको उचाइसम्म जुनसुकै स्थानमा समेत चरीबाघ पाइने डिभिजन कार्यालय प्रमुख काफ्लेको भनाइ छ ।

उनले भने, ‘वनजंगलमा आगलागी हुनु र लकडाउनका कारण सब स्थानमा सुनसान भएपछि जनावर गाउँ छिर्न थालेको हो ।’ यसले मान्छेलाई आक्रमण नगरे पनि सानासाना पाठा, कुखुरालगायत खाने बताइएको छ ।

प्रकाशित : शनिबार, बैशाख १३, २०७७१०:३४

“लकडाउनमा उत्पादन र निर्माण खुला गरौं”