एजेन्सी – चीन हुँदै विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण अहिले विश्वभर १ लाख ९७ हजार भन्दा बढीको मृ-त्यु भइसकेको छ। कोरोनाका कारण सबै भन्दा बढी अमेरिकामा ज्यान गएको छ। हाल सम्म त्यहाँ ५२ हजार भन्दा बढीको ज्यान गइसकेको अवस्था छ।
कोरोनाले पूरै विश्वलाई दिन सम्म पिडा दिएको छ। कोरोनाका कारण धेरैले आफ्ना परिवार गुमाएका छन्। कोरोनाको सबै भन्दा दर्दनाक पिडा यो छ की – कोरोना संक्रमण भएका व्यक्तिलाई न परिवारजनले भेट्न पाउँछन्, न त प्रियजनले। कोरोनाका कारण ज्यान गुमाउनेहरुको अन्तिम संस्कारमा समेत परिवारजन तथा प्रियजन उपस्थित हुन पाउँदैनन्।
तर, अमेरिकाका एक वृद्धले भने आफ्नो अन्तिम सास सम्म परिवारजनको साथ पाएका छन्। यधपी उनको प्रतक्ष्य साथ नभई फोनबाट साथ पाएका हुन्। उनले आफ्नो अन्तिम समय आफ्ना परिवारजनसँग फोनमा कुराकानी गरेर बिताएको बताइएको छ।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार एबी एडेयर रीनहार्ड नाम गरेकी एक युवतीका पिता न्यूयोर्कको एक अस्पतालमा कोरोना भाइरसको उपचारको लागि भर्ना भएका थिए। कोरोना संक्रमणका कारण गल्दै गएका आफ्ना पितासंग कुरा गर्ने उनको ठूलो इच्छा थियो। जसलाई पूरा गर्न अस्पतालका नर्सहरुले सहयोग गरे। फलस्वरूप उनी आफ्ना पितासंग लगातार ३० घण्टा सम्म जोडिइन्।
“मलाई थाहा थियो, म मेरा पितासँग अन्तिम पटक कुरा गरिरहेको थिएँ। उनलाई देख्न, छुन नसकेपनि उनको अन्तिम सास सम्म फोनबाट भएपनि जोडिन पाएँ। मन भारी भए पनि मैले उहाँसँग खुलेर कुरा गरें”,एबी भन्छिन्,”३० घण्टा कम भएपनि मेरो लागि त्यो क्षण सदा याद रहनेछ।”