काठमाडौँ – भँगेरा वर्गमा पर्ने तोप चरालाई इन्जिजियर चराको रुपमा चिनिन्छ। नेपालका भिन्न-भिन्न ठाउँमा यस चराको भिन्न-भिन्न नाम छन्। कतै यसलाई ‘कोटेरो’ भनिन्छ, कतै ‘सुजेरो’, ‘बकेचो’ र ‘तोलायँ’ पनि भनिन्छ।

यस प्रजातिको चरा जाडो महिनामा तराई झर्ने र गर्मीयाम शुरु भएपछि पहाड उकालो लाग्छन्। बालीनाली र पानी भएका पोखरीको छेउछाउमा बस्न रुचाउने तोप चराले कहिल्यै पनि कीरा फट्याङ्ग्रा खाँदैनन् ।

तोप चरा काठमाडौं उपत्यकामा पनि भेटिन्छन्। हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउन माहिर हुन्छन्। यस चराले बनाएको गुँड मानिसले सिलाएर बनाएको जस्तै देखिन्छ।

विशेषतः गुँड भालेह्लेयारुले बनाउँछन् भने गुँड नसकेसम्म पोथीले हेरिरहन्छन्। गुँड मन परेन भने पोथी गुँडभित्रै नपस्ने हुँदा यिनीहरु धेरै आकर्षक गुँड बनाउँछन्। पोथीलाई खुसी बनाउनका लागि धेरै दुख गरेर भालेहरु राम्रो र कलात्मक गुँड बनाउने गर्छन्।

केहि चरा गुड बनाउन व्यस्त त कोही झगडा गर्न र कोही बच्चालाई चारो खुवाउन
स्थान: कीर्तिपुरको भत्केपाटीस्थित प्यौऊको रुखमा तोप चराका गुँड
तस्विर: रोशन सापकोटा÷रासस

