प्रदेश नं.१ मा संक्रमितको संख्या ३० !

विराटनगर – प्रदेश नं. १ मा हालसम्म कोभिड–१९ बाट ३० जना सङ्क्रमित देखिएका छन् ।

प्रदेशमा शनिबारसम्म ५ हजार २१२ जनाको कोभिड–१९ को परीक्षणबाट ३० जना सङ्क्रमित फेला परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको सूचना डेस्कले जनाएको छ ।

प्रदेशमा द्रूत परीक्षण विधि (आरडीटी) बाट ४ हजार २९८ जना तथा थ्रोट स्वाब पिसीआरबाट ९१४ जनाको कोभिड–१९को परीक्षण गरिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शनिबारसम्म १ हजार २०४ छ भने भने स्वास्थ्यकर्मीहरुका निगरानीमा ३१ जना आइसोलेसनमा छन् ।

कोरोना : बेलायतमा हालसम्म ३३ नेपालीको मृ-त्यु

कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृ-त्यु भएको छ ।

सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृ-त्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ ।

दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको र शनिबारमात्र सो आँकडा प्राप्त भएको जानकारी दिए।

गोरखा वेलफेयर ट्रष्टमा अधिकृत तहमा कार्यरत ग्यारी घलेले ट्रष्ट भूपू गोरखाहरूका लागि काम गर्ने संस्था भएकाले बेलायतमा कोरोनाबाट निधन भएका केवल भूपू गोरखाको मात्र तथ्याङ्क राख्ने गरेको र दूतावासले सबै नेपालीको राख्ने हुँदा मृ-त्यु हुनेको सङ्ख्यामा फरक फरक पाइएको हुन सक्ने बताए।

मृ-त्यु हुनेको सङ्ख्या अझ बढी हुनसक्ने आशङ्का गरिएको छ । मृ-त्यु हुनेका सबै परिवारले सञ्चारमाध्यमलाई घटनाबारे जानकारी नदिन पनि सक्छन् । परिवारको इच्छाविना अस्पतालले यस्ता घटना सार्वजनिक गर्दैन ।

प्रकाशित : आइतबार, बैशाख १४, २०७७०३:३२

नेपालमा प्रिमनसुन सँगै अन्य प्रणालीको प्रभाव, लगातार तीन दिन देशभर वर्षा !