लगातार तीन पटक आरडीटी कोरोना पोजेटिभ देखिएकी युवतीको वीरगञ्‍जमा मृत्यु !

सांकेतिक तस्विर

काठमाडौँ – र्‍यापिड टेस्टबाट कोरोना पोजेटिभ देखिएकी एक युवतीको ज्यान गएको छ। र्‍यापिड टेस्टबाट कोरोना पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्‍जमा आइतबार ज्यान गएको हो।

ज्यान गुमाउनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवती प्रियङ्का कुमारी साह रहेकी छन्। उनी ब्लड क्यान्सर पिडित रहेकी थिइन्। उनीमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएको बताइएको छ।

एक महिनापहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार बिहान परिवारजनले शुरुमा नेशनल मेडिकल कलेज पुर्याएका थिए। मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि उनलाई एडभान्स हस्पिटल पुर्याइएको थियो।

त्यहाँ पनि अस्पतालले आइसीयू बेड खाली नभएको बताएपछि परिवारजनले उनलाई तराई हस्पिटलमा पुर्‍याएका थिए। तराई हस्पिटलले युवतीमा कोरोना संक्रमणको आशंका गर्दै र्‍यापिड टेस्ट गरेको थियो। जसक्रममा उनीमा कोरोना पोजेटिभ देखिएको थियो। अस्पतालले पुनः गरेको अर्को टेस्टमा पनि पोजेटिभ देखिएपछि नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले उनीमा र्‍यापिड टेस्ट गरेको थियो।

उक्त टेस्टमा पनि पोजेटिभ देखिएपछि आइतबार बिहान १ बजेतिर तराई हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

३ पटक लगातार आरडिटी टेष्टमा रिपोर्ट पोजिटिभ आएपछि मृत्यु भइसकेकी युवतीको स्वाब परिक्षणको लागि हेटौँडा पठाइएको छ। हाल उनको शव नारायणी अस्पतालमा राखिएको छ।

प्रकाशित : आइतबार, बैशाख १४, २०७७०६:५०

ओलीसँग भनाभन भएको समाचार बारे वामदेवले मुख खोले ! यसो भने…[विज्ञप्ति सहित]