“लज्जाशरणम् ! नेकपा हङ्ग पार्टी बन्यो, सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरियो”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले वर्तमान सरकार विरुद्ध घेराबन्दी हुन थालेको बताएका छन्।

सामाजिक संजाल फेसबुक मार्फत थापाले पार्टी भित्र र बाहिर सबै तिरबाट सरकारलाई घेराबन्दी गरिएको बताएका हुन्। घेराबन्दी पार्टी भित्रैबाट भएको उनको संकेत छ।

नेकपा भित्र भागबण्डाको ठूलो चलखेल चलिरहेको भन्दै उनले जनताले नेकपालाई दिएको दुई तिहाईको घोर अपमान भएको उनको बुझाई छ। नेकपा भित्र चलिरहेको भागबण्डाको खेलले नेकपालाई ‘हङ्ग पार्टी’ बनाइदिएको भन्दै थापाले चिन्ता व्यक्त गरेका छन्।

“हङ्ग पार्लियामेन्ट भयाे भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताइदिए, ना-ङ्गो भागबण्डाले त हङ्ग पार्टी पाे भएछ !”,उनले फेसबुकमा लेखेका छन्।

पार्टी एकता र त्यसपछि भएका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछाम गरेर सरकारलाई पार्टी भित्रैबाट घेराबन्दी गरिएको उनको आरोप छ। उनले पार्टी भित्र चलेको भागबण्डाको खेललाई पार्टी एकता र त्यसपछिका सहमतिहरू उल्लंघन गर्दै गरिएको षड्यन्त्र र छलछामहरूको पराकाष्ठा भनेका छन्।

काेरनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्द जुधिरहेकाे र सफल ढंगले काम गरिरहेकाे सरकारलाई घेराबन्दी गरेर देशलाई अस्थिरता तर्फ धकेल्नु लज्जास्पद हुने उनको तर्क छ।

थापाले फेसबुकमा यस्तो लेखेका छन् –

“हङ्ग पार्लियामेन्ट भयाे भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताइदिए, ना-ङ्गो भागबण्डाले त हङ्ग पार्टी पाे भएछ ! जनमतकाे घाेर अपमान, भागबन्डाको स्वभाविक परिणाम । पार्टी एकता र त्यसपछिका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाकाे पराकाष्ठा । काेरनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्द जुधिरहेकाे र सफल ढंगले काम गरिरहेकाे सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्द जारी चलखेल, नेकपाकाे नाममा !लज्जाशरणम् !!”

प्रकाशित : आइतबार, बैशाख १४, २०७७०९:४५

“भीम उपाध्याय र ज्ञानेन्द्र शाहीलाई थुन्ने, ‘अपहरण’ गर्न जाने र पठाउनेलाई उन्मुक्ति दिने?”