काठमाडौँ – साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले कानून उलंघन गर्ने जो कोहि माथि अनुसन्धान गर्नुपर्ने बताएका छन्।
समाजवादी पार्टीका सांसद अ-पहरण प्रकरण माथि टिप्पणी गर्दै मिश्रले कानून सबैको लागि हुनुपर्ने र कानून उलंघन गर्ने जो कोहि माथि अनुसन्धान गर्नुपर्ने बताएका हुन्।
सांसद अ-पहरण गर्न जाने र गर्न पठाउने माथि छानबिन नगरी पूर्व सचिव भीम उपाध्याय र ज्ञानेन्द्र शाहीलाई पक्रनु नियम संगत नहुने मिश्रको बुझाई छ।
“कानून उलंघन भए सबैलाई कारवाही गर्नोस्। तर भीम उपाध्याय, ज्ञानेन्द्र शाहीलाई पक्रिने अनि ‘अ-पहरण’ गर्न जाने र गर्न पठाउनेलाई चाहिँ छानविन नगर्ने?”,मिश्रले ट्वीटर मार्फत प्रश्न गरेका छन्।
कोरोनाबाट भन्दा धेरै ठूलो अनिष्ट देशले राजनीतिबाट भोगिरहेको र यो क्रम दशकौं देखि चलिरहेको भन्दै उनले चिन्ता पनि व्यक्त गरेका छन्। देशका जनता सचेत नभए यस्तो अनिष्ट देशले आउने समयमा अपनी भोगिरहनुपर्ने मिश्रको भनाई छ।
“कोरोनाबाट भन्दा धेरै ठूलो अ-निष्ट यो देशले राजनीतिबाट भोगिरहेको छ, जसबाट हामी गुज्रिएको दशकौँ भयो। सचेत नभए अझ दशकौँ यसैगरी बित्नेछ।”,ट्वीटरमा लेखेका छन्।
यस्तो छ मिश्रको ट्वीट –
“कानून उलंघन भए सबैलाई कारवाही गर्नोस्। तर भीम उपाध्याय, ज्ञानेन्द्र शाहीलाई पक्रिने अनि ‘अ-पहरण’ गर्न जाने र गर्न पठाउनेलाई चाहिँ छानविन नगर्ने? कोरोनाबाट भन्दा धेरै ठूलो अनिष्ट यो देशले राजनीतिबाट भोगिरहेको छ, जसबाट हामी गुज्रिएको दशकौँ भयो। सचेत नभए अझ दशकौँ यसैगरी बित्नेछ।”