प्रहरीले जाहेरी लिन मानेन, भट्टराईलगायत नेता र प्रहरी बीच चर्काचर्की !

काठमाडौँ – समाजवादी सांसद सुरेन्द्र यादवलाई रातारात काठमाडौँ ल्याएको घटना थप पेचिलो बन्दै गएको छ। सांसद यादवको पक्षबाट प्रहरीका जाहेरीको तयारी भएसँगै घटना पेचिलो बन्दै गएको हो।

आइतबार पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध उजुरी दिन यादव सहित विभिन्न नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् ।

उजुरी दर्ताका लागि पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरत्‌सिंह भण्डारी, अशोक राईलगायत नेताहरु अहिले काठमाडौं प्रहरी परिसर टेकुमा उपस्थित छन्।

नेताहरु काठमाडौं प्रहरी परिसर टेकु पुगेपनि उजुरी दर्ता भने हुन सकेको छैन। घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने भन्दै उजुरी दर्ता गर्न प्रहरीले नमानेपछि दर्ता प्रक्रिया अगाडी बढ्न नसकेको हो।

प्राप्त जानकारी अनुसार, काठमाडौँ प्रहरी परिसरमा प्रहरी अधिकारीहरु र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरुबीच चर्काचर्की पनि भएको छ। मुद्दा फाँटका डीएसपी कृष्ण चन्दले घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने भन्दै जाहेरी लिन नमानेपछि चर्काचर्की भएको हो।

प्रकाशित : आइतबार, बैशाख १४, २०७७१०:३१

ओली बिना नेकपाकाे कल्पना पनि गर्न नसकिने बाँस्कोटाको दावी, गणितकाे फैसला राजनितिले गर्ने तर्क !