सर्वोच्चले भन्यो – “ज्ञानेन्द्र शाही पक्राउ गर्नुको कारण देखाउ”

काठमाडौँ – ज्ञानेन्द्र शाही पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। आइतबार सरकारको नाममा आदेश दिँदै सरकारलाई ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नुको कारण पेश गर्न भनेको हो।

सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको र प्रहरीमाथि पनि अभद्र व्यवहार गरेको भन्दै अनुसन्धानका लागि शाहीलाई प्रहरीले पक्राउ गरेको थियो। शाहीको रिहा गर्नुपर्ने माग सहित शुक्रबार अधिवक्ता इन्द्रप्रसाद अर्यालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

सोहि रिट उपर निर्णय गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले शाहीलाई पक्राउ गर्नुको कारण लिखित रूपमा पेश गर्न आदेश जारी गरेको हो। सर्वोच्चले पक्राउबारे विस्तृत विवरण पेस गर्न सरकरालाई आदेश जारी गरेको हो।

प्रहरीले जाहेरी लिन मानेन, भट्टराईलगायत नेता र प्रहरी बीच चर्काचर्की !

समाजवादी सांसद सुरेन्द्र यादवलाई रातारात काठमाडौँ ल्याएको घटना थप पेचिलो बन्दै गएको छ। सांसद यादवको पक्षबाट प्रहरीका जाहेरीको तयारी भएसँगै घटना पेचिलो बन्दै गएको हो।

आइतबार पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध उजुरी दिन यादव सहित विभिन्न नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् ।

उजुरी दर्ताका लागि पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरत्‌सिंह भण्डारी, अशोक राईलगायत नेताहरु अहिले काठमाडौं प्रहरी परिसर टेकुमा उपस्थित छन्।

नेताहरु काठमाडौं प्रहरी परिसर टेकु पुगेपनि उजुरी दर्ता भने हुन सकेको छैन। घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने भन्दै उजुरी दर्ता गर्न प्रहरीले नमानेपछि दर्ता प्रक्रिया अगाडी बढ्न नसकेको हो।

प्राप्त जानकारी अनुसार, काठमाडौँ प्रहरी परिसरमा प्रहरी अधिकारीहरु र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरुबीच चर्काचर्की पनि भएको छ। मुद्दा फाँटका डीएसपी कृष्ण चन्दले घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने भन्दै जाहेरी लिन नमानेपछि चर्काचर्की भएको हो।

प्रकाशित : आइतबार, बैशाख १४, २०७७११:०१

“ओलीतन्त्रमा नागरिकको जीवनरक्षा हुने अवस्था देखिएन” – बाबुराम