‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा छानिए नेपाली भीम, जजलाई नै नचाएपछि…[भिडियो]

काठमाडौँ, बैशाख १४ । बेलायती चर्चित रियालिटी शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा नेपाली भीम निरौला छानिएका छन् । उनले यस शोमा आजभन्दा ७ वर्ष अगाडि भाइरल भएको आफ्नै गित ‘सन्डे मर्निङ लभ यू…’ गाएका हुन्  । भीमले गित गाइरहदा दर्शक र तीन जना निर्णायकले निकै मनोरञ्जन लिए । तर जज साइमनले भने उनको गीतलाई मन पराएनन् ।

 

भीमलाई साइमन बाहेक सबै निर्णायकले शोमा स्वागत गरेका छन् । ५४ वर्षीय निरौला यस शोको अर्को चरणका लागि छानिएका छन् । बेलायत निवासी नेपाली भीम निरौलालाई अडिसनमा साथ दिन उनकी पत्नी पनि  पुगेकी थिइन् ।

भीमले ‘सन्डे मर्निङ लभ यु’ बोल रहेको यो गित ७ वर्ष पहिले आफ्नो पत्नीको लागि तयार गरेका थिए। यस गितलाई हालसम्म युटुवमा  ६१  लाख भन्दा बढी पटक हेरिएको छ ।

अडिसन राउन्डमा निरौलाले निकै प्रफुल्लित भएर गाएको भिडियो अहिले निकै भाइरल भएको छ । ‘ब्रिटेन्स गट ट्यालेन्ट’ विभिन्न प्रकारका कला देखाएर मनोरञ्जन दिने शो हो।

निरौलाले गाउन सुरु गरेपछि शोमा उपस्थित सबै दर्शकले उनिसँगै रम्दै गाएका थिए।  साथै उनले निर्णायकलाई समेत नचाएका थिए ।

प्रकाशित : आइतबार, बैशाख १४, २०७७११:४९

धार्मिक आस्थामाथि प्रहार गरेको भन्दै मुद्दा, प्रधानमन्त्री विरूद्ध जथाभावी बोलेको पनि आरोप !