काठमाडौँ – पूर्वसचिव भीम उपाध्यायविरूद्ध विद्युतीय अपराधअन्तर्गतको मुद्दा दायर भएको छ।
सामाजिक सञ्जाल मार्फत धार्मिक आस्थामाथि प्रहार गर्ने र सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको आरोपमा उनी विरुद्ध विद्युतीय अपराधअन्तर्गतको मुद्दा दायर भएको हो।
मुस्लिम समुदायका जमातीबारे भ्रम फैलाएको भन्दै नजिम बुल्लाह अन्सारीले केही दिनअघि गृह मन्त्रालयमा उजुरी दिएको र सोहि उजुरीको आधारमा अनुसन्धान पश्चात मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।
सरकारी वकिल कार्यालयका अनुसार उनी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा भइसकेको छ। उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाइएको बताइएको छ।
नेपालमा मुस्लिम समुदायले कोरोना भाइरस संक्रमण फैलाएको भन्दै उपाध्यायले सामाजिक संजाल मार्फत सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको पाइएको काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिलले जनाएका छन्।
यस्तै उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध पनि जथाभावी बोलेको पाइएको सरकारी वकिल कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अभियोगपत्रमा सो लगायतजा कुराहरु पनि उल्लेख गरिएको छ।
उपाध्यायविरूद्ध दर्जा भएको मुद्दामा उनी दोषी ठहरिए नलाई पाँच वर्षसम्म कैद वा १लाख रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनुपर्ने हुन सक्छ।