लकडाउन २५ गतेसम्म बढाउने सरकारको निर्णय !

काठमाडौं – सरकारले लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको बताइएको छ।

सरकारले यस अगाडी थप गरेको लकडाउन भोलि सकिँदै छ। देशमा कोरोना भाइरस नियन्त्रणमा लकडाउनले सकारात्मक भूमिका खेलको भन्दा सरकारले लकडाउन १० दिन थपेर २५ गते सम्म लम्ब्याउने निर्णय गरेको हो।

सरकारले यस अगाडी आन्तरिक तथा बाह्य हवाई उडानलाई आगामी जेठ २ गते (मे १५) सम्म स्थगित राख्ने निर्णय गरिसकेको छ। शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा बाह्य हवाई उडानलाई आगामी जेठ २ गते (मे १५) सम्म स्थगित राख्ने निर्णय गरेको थियो।

कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण यसअघि सरकारले यही वैशाख १८ गते (अप्रिल ३०) सम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडाउन स्थगित गर्ने निर्णय गरेको थियो ।

कोभिड–१९ को जोखिमका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन) का समयमा हालसम्म भएगरेका कार्य लकडाउन सही ‘ट्र्याक’मा रहेको निष्कर्ष निकाल्दै लकडाउन केहि समयका लागि बढाउन सुझाव दिने उक्त बैठकले निर्णय गरेको थियो।

कोरोना कोषमा रु तीन करोड सहयोग

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नियन्त्रण कोषमा एमआइटी ग्रुप फाउण्डेशन नेपालले रु तीन करोड सहयोग गर्ने भएको छ । फाउण्डेशनको नेपालका निर्देशक सुरेश चित्रकारले आज जारी गरेको विज्ञप्तिमा गैरआवासीय नेपालीहरु शेष घले तथा जमुना गुरुङद्वारा स्थापित फाउण्डेशनले कोरोना महामारी नियन्त्रणमा सङ्घर्ष गरिरहेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरेको उल्लेख छ ।

कोषका प्रतिनिधिले आज प्रधानमन्त्री कार्यालयमा सचिव नारायणप्रसाद विडारीलाई चेक हस्तान्तरण गरेका छन् । “यात्रामा भइरहेको अवरोधका कारण स्वयं उपस्थित हुन नसकेको हुँदा प्रतिनिधिमार्फत उक्त रकम हस्तान्तरण गरेको हो”, फाउण्डेशनका अध्यक्ष शेष घलेले भने । यो रकम सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परीक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग हुने उनको विश्वास छ ।” नेपालमा आइपरेका ठूला विपद्हरु भूकम्प, नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेशनले सहयोग गर्दै आएको निर्देशक चित्रकारले उल्लेख गरे।

प्रकाशित : आइतबार, बैशाख १४, २०७७१३:२९

८ पूर्व प्रम/उप्रम/मन्त्री, ६ सांसद बोकेर जाँदा पनि उजुरी दर्ता भएन, भट्टराईले यसरी पोखे आक्रोश