झापाका थप एकमा कोरोनाको पुष्टि, ५२ पुगे सङ्क्रमित !

सांकेतिक तस्विर

काठमाडौँ – कोभिड–१९ को सङ्क्रमण थप एक जनामा देखिएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । आज भेटिएका सङ्क्रमित अस्पतालको सम्पर्कमा रहेका र उनको स्वास्थ्यस्थित सामान्य रहेको उनले जानकारी दिए।

यसअघि आज नै पर्साको वीरगञ्जका दुईजना पुरुषमा सङ्क्रमण देखिएको थियो । आज देखिएका तीन जनासँगै सङ्क्रमितको सङ्ख्या ५२ पुगेको छ । यसैगरी पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् ।

कोरोना कोषमा ग्यास उद्योगीको १५ लाख सहयोग
नेपालका ग्यास उद्योगीका तर्फबाट सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु १५ लाख उपलब्ध गराएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उद्योगीका तर्फबाट उक्त रकम बराबरको चेक उपलब्ध गराइएको हो ।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैतमा कोष स्थापना गरेको थियो । कोषमा गत शुक्रबारसम्म कूल रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ बराबरको सहयोग रकम जम्मा भएको छ ।

मन्त्री भट्टको सचिवालयका अनुसार एलपिजी ग्यास उद्योग सङघले आज कोषमा रकम जम्मा गरेको हो । सङ्घका तर्फबाट अध्यक्ष गोकुल भण्डारीले मन्त्री लेखराज भट्टलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष तथा पदाधिकारी समेत उपस्थित हुनुहुन्थ्यो ।

सरकारको विशेष पहल तथा उद्योगीले सहज वितरण प्रणाली बनाएका कारण लकडाउनको समयमा समेत खाना पकाउने एलपी ग्यासको अभाव हुन पाएको छैन । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको हो । सङ्घको सहयोग रकम बुझ्दै मन्त्री भट्टले लकडाउनको समयमा समेत खाना पकाउने ग्यासको अभाव हुन नदिन उद्योगीका तर्फबाट भएको सकारात्मक पहलको प्रशंसा गरे।

प्रकाशित : आइतबार, बैशाख १४, २०७७१४:४०

कोरोनासँग लड्न शेष घलेले नेपाललाई गरे यति ठूलो सहयोग !