यी हुन् औषधि नै नभएको कोरोना जितेर घर फर्किने १६ संक्रमित ! [सूची सहित]

काठमाडौँ – कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या १६ पुगेको छ । आइतबार वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत थप चारजना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोभिड–१९ सङ्क्रमितको उपचारपछि स्वस्थ भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ का सङ्क्रमित ५१ मध्ये १६ जना घर फर्किएका छन् भने ३५ उपचारका क्रममा रहेका छन् । विभिन्न अस्पतालमा उपचाररत कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार धौलागिरि अस्पतालमा उपचारत एक कोरोना सङ्क्रमित युवती स्वस्थ्य भएर घर पठाइएको थियो भने शनिबार राति भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि उपचारपछि घर पठाइएको थियो । हाल धनगढीमा एक, वीरगञ्जमा तीन, भरतपुरमा एक र विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसकेका छन् । कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा उनमा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’को घोषणा गरेको थियो ।

संक्रमित भई घर फर्किएकाको सुची

१. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो, माघ महिनामै टेकु अस्पतालबाट डिस्चार्ज

२. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज

३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको, १० वैशाखमा टेकु अस्पतालबाट डिस्चार्ज

४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको, १० वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज

५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरी अंशु सापकोटाको १५ चैत्रमा पत्ता लागेको, १२ वैशाखमा धौलागिरी अस्पतालबाट डिस्चार्ज

६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज

७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ७ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज

८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ९ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज

९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको, लम्की चुहा नगरपालिका भरुवाकी उनी ११ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज

१०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, १४ वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज

११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज

१२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज

१३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज

१४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपालिकमा १ वैशाखमा पत्ता लागेको, १२ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज

१५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज

१६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज

प्रकाशित : सोमबार, बैशाख १५, २०७७०६:२९

भारतमा कोरोना संक्रमितको संख्या २७ हजार पुग्न लाग्यो, २४ घण्टामै गयो यति धेरैको ज्यान !