“आजबाट लकडाउन थप कडा बनाउनु” – गृह मन्त्रालय

काठमाडौँ – बैशाख २५ गतेसम्मको लागि थप भएको लकडाउनलाई थप कडाइ गरिने भएको छ। गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई लकडाउनलाई थप कडाइ गर्न निर्देशन दिएसँगै लकडाउन थप कडा हुने भएको हो।

सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको छ। अन्तर-जिल्ला हुने आवतजावतमा विशेष कडाई गर्न गृहमन्त्रालयको निर्देशन छ।

काठमाडौँ सहित देशका विभिन्न शहरहरुमा अलपत्र परेका मजदुर तथा सर्वसाधारणहरुको उद्धारको लागि अनौपचारिकरूपमा लकडाउन खुकुलो बनाइएको थियो। तर, गृहमन्त्रालयको निर्देशनसँगै अब लकडाउन लकडाउनलाई थप कडाइ गरिनेछ।

बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ । त्यसैले मन्त्रालयले आजदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो ।

सोमबार देखि सवारीसाधनको आवतजावतमा कडाइ गर्न र लकडाउनलाई थप कडाइका साथ पालना गर्न गराउन गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई भनेको बताइएको छ।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७०७:३३

प्रभु बैंकमा आगलागी!