बाँस्कोटाले भने – “ओली सिंह हुन्, स्याल होइनन्, केपी ओलीकै कारण नेकपाले जनमत पाएको हो”

काठमाडौँ – पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत निर्वाचनमा जनताले केपी ओलीका कारण नेकपाले बहुमत ल्याएको दावी गरेका छन्। प्राईम टाईम्स टेलिभिजनका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बाँस्कोटाले ०७४ सालमा भएको चुनावमा केपी शर्मा ओलीको अपिलमा नेकपाले ठूलो जनमत पाएको दावी गरे।

“म तपाईले भनेको कुरा अस्विकार गर्छु । यो सबैले बुझ्नुपर्छ २०७४ सालमा भएको चुनाव, त्यो चुनावको जनादेश अरुको नाममा आएको थिएन् । त्यो केपी शर्मा ओलीको अपिलमा आएको थियो । यो चाहीँ हो कि त्यतिवेला तत्कालिन् नेकपा एमालेको सुदृढ संगठन, सुस्पष्ट दृष्टिकोण, सबै आन्दोलनमा पुर्याएको योगदान र विकास निर्माण सामाजिक रुपान्तरणको सन्दर्भमा खेलेका योगदानहरुको पनि र स्वभाविक रुपमा त्यसलाई नेतृत्व दिने काम उहाँले गर्नुभएको थियो ।”,बाँस्कोटाले दावी गर्दै अन्तर्वार्तामा भनेका छन्।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डकै बोल्ड निर्णयका कारण पार्टी एकीकरण भएको हुँदा ओली र प्रचण्ड बीच समझदारीका आधारमा पार्टी अगाडी बढ्ने पनि उनले स्पष्ट पारे। विरोधकै लागि विरोध गर्नेहरुको आलोचनाले सरकारलाई केहि पनि फरक नपर्ने उनको तर्क छ।

सरकारले केहि दिन अगाडी ल्याएर खारेज भइसकेका नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७७ अध्यादेशहरु नियमित प्रक्रियामा पर्ने भन्दा त्यस बारे अनावश्यक टिकाटिप्पणी गर्न नहुने उनले बुझाई छ। राजनीतिक हिसाबले अध्यादेश आउनुलाई गलत भन्न नमिल्ने उनले स्पष्ट पारे।

अध्यादेश कुनै पनि पार्टी फुटाउनको नल्याइएको बाँस्कोटाको दावी छ। नेकपालाई कुनै पनि पार्टी फुटाएर राजनीति गर्नुपर्ने अवस्था नरहेको उनले बताए। बाँस्कोटाका अनुसार सरकार गठन भएपछि धेरै काम भइसकेको भएपनि आलोचना गर्नकै लागि आलोचना गरिएको छ। “छेउ देखि घचेड्ने, भित्तो देखे अचेटने” तरिकाले सरकार विरुद्ध सबै लागि परेको हुँदा उनले असन्तुष्टि व्यक्त गरेका छन्।

यस्तै बाँस्कोटाले ओली विरुद्ध मोर्चावन्दी हुँदैमा केहि फारम नपर्ने पनि बताएका छन्। “मोर्चावन्दी सिंहलाई हुन्छ स्याललाई हुँदैन। तर,मोर्चावन्दी विचलन तर्फ जाँदैन र जान्छ जस्तो मलाई लाग्दैन”,ओली विरुद्ध मोर्चावन्दी हुँदैमा फरक नपर्ने बताउँदै उनले भनेका छन्। केपी ओली कमजोर न भएर झन बलियो, सुदृढ र बलशाली भएको उनको दावी छ। ओलीसँगै नेकपा पनि बलियो बनेको उनले स्पष्ट परे।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७०९:२०

जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध !