वास्तु विज्ञान: नुनको प्रयोग खानामा मात्र नभई यस्तो कार्यमा पनि गर्नुहोस प्रयोग, हुनेछ लाभ!

नुनको प्रयोगले जसरी खानालाई स्वादिलो बनाउछ , त्यसरी नै नुनले मानिसको जीवनलाई पनि सहज बनाउन सक्दछ । वास्तु विज्ञान अनुसार नुनमा पनि शक्ति हुने गर्दछ । वास्तु शास्त्रमा नुनको पनि भूमिका अहम रहेको छ । यसले घरलाई सकारात्मक उर्जाले भर्नुको साथै सुख समृद्धि बढाउने पनि काम गर्दछ । तर यसको लागी खानामा मात्र नभएर केही दोस्रो काममा पनि नुनको प्रयोग गर्नु पर्दछ । जब नुनको प्रयोग खानामा प्रयोग हुन थाल्यो  त्यस समय देखी नुनलाई नकारात्मक उर्जा भगाउने कारक मानिन थाल्यो । त्यसैले नुनको प्रयोग नजर दोष हटाउनको लागी पनि गरिन्छ । यदी तपाइको परिवारको सदस्यलाई नजर लागेको छ भने एक चिम्टा नुन लिएर ३ पटक उसको वरीपरी घुमाएर बाहिर फ्याक्नुहोस् ।  यसबाट नजर दोष हटेर जाने विश्वास रहेको छ  ।

वास्तु विज्ञान अनुसार सिसाको भाडामा नुन भरेर शौचालय र बाथ रुममा राखेमा वास्तुदोष हटेर जाने गर्दछ । सिसा र नुन दुवै राहुको वस्तु भएकोले राहुले  नकारात्मक प्रभावलाई टाढा राख्नको लागी काम गर्दछ । राहुलाई नकारात्मक उर्जा र -कीटाणुहरुको कारक मानिएको छ । जसबाट घरमा सुख समृद्धि र स्वास्थ्य प्रभावित हुने गर्दछ ।

यसको प्रयोग र प्रभाव:

१. सिसाको भाडामा नुन भरेर घरको कुनै कुनामा राख्नाले घरमा सकारात्मक उर्जाको संचार हुने गर्दछ । राहु, केतुको दशा चलिरहेको छ या जब मनमा नराम्रो विचार या डर पैदा भईरहेको छ भने यो प्रयोग निकै लाभ दिने गर्दछ ।

३. राती सुत्नु अघि पानीमा एक चिम्टा नुन मिलाएर हात-खुट्टा धुनाले तनाव हटेर जानेछ र निन्द्रा पनि राम्रो लाग्ने गर्दछ । राहु र केतुको अशुभ प्रभाव पनि यसबाट हटेर जानेछ ।

४. घरमा सकारात्मक उर्जाको वृद्धिको लागी रक साल्ट ल्याम्प राख्न सक्नुहुनेछ । वास्तु विज्ञान अनुसार यसले पारिवारिक जीवनमा आपसी तालमेलको साथै सुख समृद्धिलाई बढाउनमा पनि  मद्दत गर्दछ । स्वास्थ्य सम्बन्धी मामिलामा  पनि यसले सकारात्मक प्रभाव पार्दछ ।

५. घरको खुशी बच्चाहरुबाट हुने गर्दछ । बच्चा बिरामी भए भने पुरै घर नै चिन्तित हुने गर्दछ । आफ्नो यस खुशीलाई सधै बनाई राख्नको लागी हप्तामा एक दिन पानीमा एक चिम्टा नुन मिलाएर बच्चालाई नुहाइधुवाइ गर्नुहोस् । यसबाट  स्वास्थ्य सम्बन्धी रोग पनि कम हुने गर्दछ ।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७१३:२१

धर्मशास्त्रका अनुसार मृत्यु हुनुभन्दा छ महिना अगाडी यस्ता संकेत देखिन्छन्!(हेर्नुहोस्)