४६०० फिट माथि रहेको काँचको पुल, हेर्नुहोस् मुटु हल्लाउने तस्विर

एजेन्सी, चीनमा एक पुल बनेको छ जसले संसारमा हलचल मचाई रहेको छ। साथै पर्यटकको समेत उल्लेख्य आगमन गर्नको लागि एक अचम्म लाग्ने पुलको निर्माण चीनले गरेको हो। चीनको हुनान प्रान्त स्थित झांगजिआजी नैशनल फरेस्ट पार्कमा पर्ने तियानमन पर्वतमा १०० मिटर लामो काँचको पुल बनाइएको छ। यस पुलका कारण पर्यटकको भिड बढ्न थालेको हो।यस पर्वतमा रहेको चट्टान लगभग ४६०० मिटरको उचाइमा रहेको छ। त्यहाँबाट अन्य पर्वतहरु समेत देख्न सकिने हुँदा पनि पर्यटकको गन्तव्यको रुपमा प्रख्यात भएको हो। यस चट्टान तिन तर्फबाट गोलाकार रहेको छ। गोलाकार भएको कारण काँचको पुल बनाएर स्काईवाकको लागि स्थल बनाइएको हो।

केहि समय अगाडी मात्रै फ्रान्सेली कम्पनीले उक्त स्थलमा पुर्नको लागि केबुल-कार संचालनमा ल्याएको छ। त्यस स्थलमा सडक भए पनि प्राय मानिसहरु केबुलकारको प्रयोग गर्ने गर्छन्। यस केबुलकार विश्वमा दुर्लब मानिएको छ भने सबै भन्दा उचाइमा प्रयोग हुने केबुलकारको रेकर्ड समेत बनाएको हो। यस केबुलकार लगभग ७४५५ मिटरको दुरी तय गर्ने गर्छ। आज हामी तपाईलाई त्यस काँचको पुलका केहि झलक देखाउने कोसिस गरें छौं।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७१३:२९

यस्तो उपद्रोका कारण चिनिन्छन् रुसका मानिसहरु ! हेर्नुहोस् रसियनका अजिव हर्कतहरु !