कोरोना कहरपछि मातृभूमि सम्झिँदै विदेशमा रहेका नेपाली, अधिकांश फर्कन चाहन्छन् !

काठमाडौँ – रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको मृ-त्यु भइसकेको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

कतिपयको रोजगारी गुमेको छ भने कतिपयको कम्पनीले घर फर्कन चाहेको छ । समस्या परेका बेला मातृभूमि सम्झिँदै विदेशमा रहेका धेरै नेपाली स्वदेश फर्कन चाहन्छन् तर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मान्यता अनुसार यस्तो महामारी चलेका बेला जो जहाँ छन्, त्यहीँको सुविधा लिएर बस्नुपर्छ । यही मापदण्ड पछ्याउँदै नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई विदेशमै रहन भनेको छ ।

महामारीका बेला विदेशमा कुनै विपत्तिमा नेपाली नागरिक नपरून् भनेर सरकार प्रमुख र सम्बन्धित मन्त्रालयका उच्चाधिकारीसँग त्यहाँ रहेका नेपालीका लागि सहज वातावरण बनाइदिन कूटनीतिक आग्रह गरिएको छ । विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो । उहाँले विदेशमा विभिन्न थरीका नेपाली छन्, सबैलाई त्यसरी फिर्ता ल्याउन तत्काल सकिने अवस्था हुन्न भन्नुभयो ।

गैरआवासीय नेपाली सङ्घलाई विदेशका विभिन्न भूमिमा यतिबेला परराष्ट्र मन्त्रालयले सक्रिय बनाएको छ । केही दिनअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपाली सङ्घमा आबद्ध पदाधिकारीसँग छलफल गरेर विदेशमा रहेका नेपालीलाई सक्दो सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

सबैभन्दा बढी श्रम मुलुकमा रहेका नेपाली स्वदेश फर्कन चाहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रायः सबै श्रम मुलुकका नेपालीले फर्कन चाहेका छन् । कतिपय नेपाली कोभिडका कारण लकडाउनमा कम्पनी बन्द भएपछि कामविहीन भएर बसेका छन्, कम्पनीले यस्तो बेला उत्पादन गर्न

प्रकाशित : मङ्गलबार, बैशाख १६, २०७७०२:४८

भुल्केका संक्रमित कसैमा कोरोना लक्षण नदेखिएको खुलासा !