काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर चीनको कदम धेरै नै शंकास्पद देखिएको बताएका छन्।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले कोरोना भाइरसलाई लिएर चीनको कदम धेरै नै शंकास्पद देखिएको र त्यस बारे आफूहरुले अनुसन्धान गरिरहेको बताएका हुन्।
चीनले कोरोनाबाट विश्वलाई जोगाउन सक्ने अवस्थामा पनि नजोगाएको ट्रम्पको आरोप छ। कोरोनालाई चीनमै रोक्न सकिने अवस्थामा चीनले रोक्न आवश्यक कदम नचलेको कारण कोरोना विश्वभर फैलिएको ट्रम्पले टिप्पणी गरेका छन्।
“जहाँबाट शुरु भएको थियो, त्यहीं कोरोनालाई रोक्न सकिन्थ्यो। कोरोनालाई तुरुन्तै त्यहिं रोक्न सकिन्थ्यो। चीनले यसो गरेको भए यो पुरै विश्वमा फैलन पाउँदैनथ्यो, कोरोनाबाट विश्वलाई जोगाउन सक्थ्यो। यसकारण हामी चीनसँग खुशी छैनौं।”,ट्रम्पले भने।
कोरोनाको केन्द्रविन्दुको रुपमा रहेको कोरोनामा अहिले १० लाख १० हजात भन्दा बढी संक्रमित छन्। अहिले सम्म त्यहाँ ५६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्।
कोरोना भाइरसमा चीनको भूमिका शंकास्पद रहेको आरोप लगाउँदै आएका ट्रम्पले पहिला देखि नै चीनमाथि लगातार भड्काउ टिप्पणी र आलोचना गर्दै आएका छन्। यस अगाडी उनले कोरोनालाई चिनियाँ भाइरसको संज्ञा समेत दिएका थिए भने अमेरिकामा कोरोना फैलिने चेतवानीका बीच पनि उनले समयमै नियन्त्रण बारे निर्णय गर्न सकेका थिएनन्।