प्रशिक्षणका लागि रोनाल्डो इटाली फर्कंदै !

एजेन्सी – पोर्चुगिज तथा युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो मंगलबार इटाली फर्कने भएका छन् । युभेन्टसले प्रशिक्षणका लागि आफ्ना सबै खेलाडीहरुलाई निर्देशन दिएपछि रोनाल्डो मंगलबार इटाली फर्कने भएका हुन् ।

युभेन्टसले कोरोना भाइरस (कोभिड–१९) को महामारीको त्रासको कारण रोनाल्डो केही सातायता पोर्चुगलको आफ्नै घर मडेरियामा रहँदै आएका थिए । युभेन्टसले यसै साताबाट पुर्ण प्रशिक्षण थाल्नेछ । त्यसअघि रोनाल्डो मंगलबार इटली फर्कने छन् ।

इटालियन सिरी ‘ए’ पुनः सुरु हुने सम्भावना देखिएपछि युभेन्टसले आफ्ना विदेशी खेलाडीहरुलाई प्रशिक्षणका सामेल हुन निर्देशन दिएको छ । उनी मंगलबार टुरिनमा पुग्नेछन् । तर, उनी मंगलबार इटाली पुगेपनि कम्तीमा पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । यसको मतलब उनी मे मध्यसातापछि मात्रै टोलीसँग सामेल हुन्छन् ।

इटलीका प्रधानमन्त्री गुइसेप्पी कोन्टेले आइतबार मात्रै ४ मे बाट खेल गतिविधिको प्रशिक्षणको लागि ‘ग्रीन सिग्नल’ दिएका थिए । त्यसअनुसार इटालियन लिग आयोजकले १८ मे बाट सिरी ‘ए’ शुरु गर्ने तयारी थालेको छ ।

सिरी ‘ए’ को १२ चरणको खेल बाँकी रहँदा युभेन्टस २६ खेलबाट ६३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाटै ६२ अंक जोडेर लाजियोले युभेन्टसलाई पछ्याइरहेको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख १६, २०७७१०:१०

मेस्सी होइन, रोनाल्डो र यी खेलाडी हुन् हालान्डका आदर्श खेलाडी !